कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालिगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएको छ । सोमबार राती परेको अबिरल वर्षाका कारण आज बिहानै देखि उक्त खण्ड अबरुद्ध भएपछि सवारी चल्न सकेका छैनन् ।

कालीगण्डकी करिडोरको मालढुङ्गा देखि बलेवा खण्ड अन्र्तगत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

रानाका अनुसार उक्त पहिरोले कालीगण्डकी करिडोर संगै बागलुङ देखि दक्षिण भेग कुस्मिशेरा र बरेङ जाने सडक खण्ड समेत अबरुद्ध गरेको छ । यो संगै बागलुङको दक्षिण भेग सडक सम्पर्क संग टुटेको छ ।

उक्त स्थानमा दैनिकजसो पहिरो खसिरहेको छ । अहिले पहिरो पन्छाउनका लागि कालीगण्डकी करिडोर, बागलुङ नगरपालिका र सडक डिभिजन कार्यालय संग समन्वय भइरहेको प्रहरीले जनाएको छ । अपडेट अहिले बागलुङ नगरपालिकाले सडक खुलाउने कार्य गरिरहेको बागलुङ नगरपालिकाका इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो ।

यस्तै आज बिहान देखि अबरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्गको बुर्तिवाङ खण्ड पहिरो पन्छाएसंगै सुचारु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *