मदन आश्रीत पार्क पुनःनिर्माण

आदर्श अनलाइन, बागलुङ

केही वर्षदेखि अस्तव्यस्त रहेको बागलुङको मदन आश्रीत उद्यानलाई पुनःव्यवस्थित बनाइएको छ ।

मदन आश्रीतको नाममा रहेको पार्कको पुरानो संरचना जीर्ण भएपनि पुनःनिर्माणको पखाइमा पार्क रहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको पार्कलाई अहिले व्यवस्थित बनाइएको छ ।

उद्यान वरपरको तारबार विग्रेका कारण उद्यानको जग्गा साघुरिन समेत पुगेको थियो । अहिले पार्कलाई थप व्यवस्थित बनाइएको छ । झण्डै पाँच रोपनी जग्गामा फैलिएको पार्क सडक निर्माणका क्रममा केही साँघुरिएको समेत छ ।

रामरेखाकै शहिद पार्क नजिकै रहेको पार्क लामो समय व्यवस्थित नबन्दा झाँडीले घेरिएको भएपनि अहिले वन मन्त्रालयको बजेटमा पार्कलाई केही व्यवस्थापन गरिएको मदन आश्रीत उद्यानका संरक्षक कर्ता तथा संघीय सांसद मन कुमारी केसीले जानकारी दिनुभयो ।

“२०५४ सालपछि तत्कालिन नगर प्रमुख ऋषिराम शर्माको नेतृत्वमा तल्लो पार्कलाई सहिद पार्क र उपल्लो जग्गालाई मदन आश्रीत पार्कको नामाकरण गरेर संरक्षण गरिदै आइएको थियो, केही वर्ष शहिद पार्क, मदन आश्रीत पार्क दुबै अस्तव्यस्त बने, अहिले शहिद पार्क चिटिक्क बनेको छ, मदन आश्रीत पार्कलाई यो वर्ष केही पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएका छौं” केसीले भन्नुभयो “वन मन्त्रालय अन्र्तगतको रु. १५ लाखको लागतमा पर्खाल लगाउने, तारबार गर्ने र मदन आश्रीतको बोर्ड व्यवस्थापन गर्ने कार्य भएको छ, आगमी दिनमा पार्कलाई अझै व्यवस्थित गर्नका लागि बजेट विनियोजन हुन्छ ।”

रामरेखा पार्के पार्कको शहर हो । रामरेखामा पछिल्लो समय शहिद पार्क, मदन आश्रीत पार्क, विपि स्मृति पार्क र डिबि पार्क व्यवस्थित भएका छन् । बागलुङ बजारको कोलाहल विर्साउनका लागि बिहाँन र साँझमा यहाँका स्थानीयहरु पार्कमा रमाउने जाने गरेका छन् ।

मदन आश्रीत पार्कको संरक्षण नहुँदा पार्कले मदन आश्रीतलाई गिज्जाइरहेको स्थानीयले गुनासो गर्दै आएका थिए । अहिले पार्कको स्वरुपनै वद्लिएको पार्क निर्माण उपभोक्ता समितका अध्यक्ष कर्ण बहादुर बोहोराले जानकारी दिनुभयो ।

बोहोराका अनुसार पार्कमा तारबार, १५० मिटर लामो पक्की पर्खाल, मदन आश्रीतको बोर्ड व्यवस्थापन र पार्क भित्रको चौतारी व्यवस्थापन गरिएको छ । “यो वर्ष डिभिजन वन कार्यालय बागलुङकोे रु. १५ लाखको लागतमा पार्कलाई थप व्यवस्थित बनाएका छौं, लामो समयदेखि अव्यवस्थित बनेको पार्कलाई अहिले पुननिर्माण गरेका छौं” अध्यक्ष बोहोराले भन्नुभयो “पार्क अहिले केही हेर्न लायक बनेको छ, अझै व्यवस्थित हुन्छ, हामीले पार्कलाई शहिद पार्ककै झल्को दिनेगरी व्यवस्थित गर्ने योजना बनाएका छौं ।”

डिभिजन वन कार्यालयले विभिन्न उद्यानहरुलाई व्यवस्थित गर्ने वार्षिक योजना अनुसार मदन आश्रीत पार्कमा केही पूर्वाधार सहिहत रङ्ग रोगन गरेको डिभिजन वन कार्यालयका प्रमुख मुकुन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहााले गत वर्ष विपि स्मृति पार्क व्यवस्थित गरिएको र अहिले मदन आश्रीत पार्क व्यवस्थित गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *