मल्चिङ र थोपा सिचाई प्रविधिले दोब्बर आम्दानी


खेमराज गौतम, बागलुङ

तरकारी खेतिबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका दुई दाजुभाईले लगानी बढाएर जग्गा विस्तार गरेका छन् । टर्नेलमा मल्चिङ र थोपा सिचाई प्रविधिको प्रयोगले उत्पादनमा दोब्बरले बृद्धि भएको बताउदै तरकारी खेति तर्फ आकर्षति भएका छन् । लामो समयको वैदेशिक रोजागरी पछि स्वदेशमानै केही गर्ने उद्देश्यले घर फर्किएका दुई दाजुभाइले तरकारी खेती थालेपछि राम्रो कमाई हुँन थालेको बताएका छन् । उनिहरुले कमाई राम्रो भएपछि लगानी वृद्धि गर्दै आएको बताएका छन् ।

बागलुङ नगरपालिका–४ गौरिधामका २ दाजुभाइले पछिल्लो पाँच वर्ष देखि व्यवसायीक तरकारी खेती गर्दै आएका छन् । भाडाको जग्गामा तरकारी खेती गर्दै आएका उनिहरुले तरकारीबाटै राम्रो आम्दानी भएपछि थप क्षेत्र विस्तार गर्दै टर्नेलमा तरकारी खेती गरेका छन् ।

गौरीधामका दुई दाजुभाइ भबिलाल बिक र टेक बहादुर बिकले भाडामा लिएको १४ रोपनी जग्गामा व्यवसायीक तरकारी खेती गर्नुभएको छ ।

उहाँहरुले पाँच वर्ष अघि एक÷एक वटा टर्नेलबाट शुरु गरेको तरकारी खेति अहिले व्यावसायिक रुपमा विस्तार गरिएको हो । खुल्ला जग्गामा भन्दा टर्नेल खेति गर्दा दोब्बर उत्पादन हुँन थालेपछि उनिहरुले १४ रोपनी जग्गामा १४ वटा टर्नेल विस्तार गरेका छन् ।

दाजुभाईले स्थापना गरेको विकास कृषि तथा पशुपन्छी फर्ममा रहेको टर्नेलमा अहिले टमाटर, सिमि र अकबरे खुर्सानी रहेका छन् ।

“खुल्ला जग्गामा खेति गर्दा खासै राम्रो भएन विस्तारै टर्नेल बढाउदै गयौ, अहिले दुई भाईका १४ वटा प्लाष्टिक टर्नेल छन्” टेक बहादुर बिकले भन्नुभयो “टर्नेलमा भर्खर लगाएका गोलभेडाका विरुवा देखि फल्न थालेको गोल भेडा र टिप्नका लागि तयारी गोलभेडा रहेका छन्, टर्नेलबाट दोब्बर आम्दानी हुँदो रहेछ, एक टर्नेलबाट शुरु भएको व्यावसायीक तरकारी खेती अहिले १४ वटा टर्नेलमा पुगेको छ ।”

उहाँका अनुसार अहिले टमाटरको भाउँ राम्रो भएकाले आम्दानी बढेको छ । भने हालै उहाँको फर्ममा कृषि ज्ञान केन्द्र बागलुङको रु. एक लाख ५० हजार र कृषिकको रु. एक लाख पाँचार हजार गरी दूई वटा टर्नेल समेत थप गरिएको छ ।

पाँच वर्ष साउदी र १४ वर्ष मलेसियाको बसाई सकेर नेपाल र्फकनु भएका टेक बहादुर र मलेसियामा ११ वर्ष रोजगारी गर्नुभएका भविलाल बिकले वार्षिक ५० हजार भाडा तिर्नेगरी १४ रोपनी जग्गा लिएर व्यावसायीक तरकारी खेती थाल्नुभएको हो ।
ब्रोइलर कुखुरा, टर्नेलमा टमाटर, लोकल कुखुरा, हाँस सहित अन्य तरकारी बेचेर उहाँहरुले मासिक एक लाख आम्दानी गर्दै आएको बताउनुहुन्छ । हाल सम्म टर्नेल देखि थोपा सिंचाई प्रविधी जडान गर्न र कुखुराको खोर व्यवस्थापन गर्न १५ लाख लगानी गरिसक्नु भएको भविलाल बिकले बताउनुभयो ।

टर्नेलमा थोपा सिंचाई र मल्चिङ प्रविधि अपनाउदै आएका दाजु भाइले प्रविधिको विकास संगै आम्दनी दोब्बर हुँने बताउनुभयो । उहाँहरुले परिक्षणका लागि एउटा टर्नेल भित्र अकबरे खुर्सानी समेत लगाउनुभएको छ । अकबरे खर्सानीको बजारमुल्य उच्च भएपनि खुर्सानी खेति समेत शुरु गरिएको उहाँको भनाई छ ।

विदेशको कमाईले जाडेको जग्गामा दुई भाई अलग–अलग घर बनाएर भाडाको जग्गामा तरकारी खे ितगर्दै आउनुभएको छ । उहाँहरुले आफ्नो पुख्यौली गाउँ काठेखोला गाउँपालिका–३ धम्जामा समेत आलु खेती गर्दै आउनुभएको छ । धम्जा आलुको पकेट क्षेत्र हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *