सवारी कार्वाही संगै सचेतना : ७० लाख राजश्व संकलन


खेमराज गौतम, बागलुङ

जिल्ला ट्राफिक कार्यालयल बागलुङले ट्राफिक व्यवस्थापन संगै सेचनामुलक कार्यक्रमलाई समेत तिब्रता दिइएको छ । प्रहरीले कार्वाही र सचेता संगसंगै लिएर अगाडी बढेको छ ।

ट्राफिक नियमको उल्लघन गर्नेलाई कार्वाही गरेर जिल्ला ट्राफिक कार्यालय बागलुङले रु. ७० लाख राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय बागलुङका अनुसार आर्थिक वर्ष २०७८÷०७९ सालमा ११ हजार ५५० सवारीसाधनलाई कार्वाही स्वरुप रु. ६९ लाख ९८ हजार ५०० संकलन भएको हो । जिल्लामा सञ्चालित ट्रक, ट्रिपर, बस, कार, जीप, ट्याक्टर र मोटरसाईकल नियम विपरित सञ्चालनमा आएको पाइएकोमा ट्राफिक प्रहरीले कार्वाही गरेर उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार केसीले बताउनुभयो । प्रहरीले जथाभावी सवारी चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टास्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कार्वाही गरेको छ ।

ट्राफिक कार्यालय बागलुङले क्रमश कार्वाही तथा राजश्व संकलनको दर बढ्दै गएको बताउदै सवारी कार्वाहीले विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताउनुभयो । केसीका अनुसार २०७६÷०७७ सालमा ८ हजार ८०० सवारीसाधन कार्वाहीमा रु. ५२ लाख १५ हजार, आर्थिक वर्ष २०७७÷०७८मा १२ हजार १०० सवारीसधानहरु कार्वाहीमा रु. ६७ लाख ७३ हजार ५०० राजश्व संकलन भएको थियो ।

“विस्तारै कार्वाहीको संख्या तथा राजश्वमा वृद्धि भएको हो, तर दुर्घटनामा केही कमी भएको देखिएको छ, तीन वर्ष अघि ४८ दुर्घटना भएका थिए, त्यसपछि दुई वर्ष अघि र गत वर्ष जम्मा २३÷२३ दुर्घटना भएको थियो” केसीले भन्नुभयो “हामीले कार्वाही बढाएर राजश्वमा वृद्धि मात्रै हैन दुर्घटना घटाउनमा सहयोग गरेका छौं, त्यसमध्ये ध्वनी प्रदुषण गर्ने सवारीको ध्वनी प्रदुषण गर्ने औजार परिवर्तन गरिरहेका छौं ।”

ट्राफिक कार्यालयका अनुसार गत आर्थिक वर्षमा १ हजार १५८ ट्राक तथा ट्रिपर कारवारीमा ७ लाख ७३ हजार ५००, ७०१ बस कार्वाहीमा रु. ४ लाख १२ हजार, ५ हजार ४९७ कार तथा जीप कार्वाहीमा रु. ३१ लाख ४२ हजार ५०० राजश्व संकलन, एक हजार ९९ ट्याक्टर कार्वाहीमा रु. ६ लाख ५३ हजार ५०० र ३ हजार मोटरसाईकल कार्वाहीमा रु. १९ लाख ९४ हजार ५०० राजश्व संकलन भएको छ ।

ट्राफिक प्रमुख केसीका अनुसार ट्राफिक कार्वाही र राजश्व मात्रै नभएर गत आर्थिक वर्षमा ७५७ पटक ट्राफिक सेचतना गर्दा २३ हजार ८५२ जनालाई ट्राफिक नियम सम्बन्धी सेचतना दिइएको छ । गत तीन वर्षको तुलनामा २०७६÷०७७ सालमा ५ हजार ७२ जनालाई ट्राफिक सचेतना गरेको कार्यालयले २०७७÷०७८ सालमा ११ हजार ८०७ जनालाई सेचतना गरिएको छ ।

सचेतना प्रदान गर्ने अभियान अन्र्तगत विद्यार्थीलाई कक्षामै पुगेर, समुदायीक सेवा मार्फत, सवारी चालकलाई कक्षा, व्यवसायी र चालक परिचालकहरुलाई, सर्वसाधारण, अन्तरक्रिर्या तथा गोष्ठी मार्फत, ट्राफिक दिवसको अवसरमा, माइकिङ, चालक र यात्रु मैत्री कक्ष र पोर्चा पम्पलेट मार्फत ट्राफिक शिक्षा प्रदान गरिएको छ ।

जिल्लामा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा जम्मा ११ जनाको मृत्यु भएको र २१ जना गम्भिर घाइते र ८ जना सामान्य घाइते भएको ट्राफिक कार्यालय बागलुङको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *