पहिरोले पुरिँदा एक जनाको मृत्यु, एक गम्भीर

डम्मर बुढा मगर, पाेखरा
पोखरामा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला तातोपानी घर भई डेरा लिइ बस्दै आएको २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।

गय राति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घर पुरिँदा घाइते भएका सुनारलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोमा परेर सुनारकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते भएको र उनकी १० वर्षीया छोरी सिम्रन सुनारको सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

घाइते सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको तिवारीको भनाई छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी डिएसपी तिवारीको कमाण्डमा २५ प्रहरी र सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा १५ जनाको टोली उद्धारमा खटिएको थियो ।

स्थानीय र प्रहरीको टोलीद्वारा जोखिममा परेकाहरुको उद्धार समेत भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *