राष्ट्रिय सहकारी बैंकले बनायो थिंक ट्यांक


आदर्श अनलाइन, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडले बैंकको सेवा सुविधामाथप सुधारतथा सहकारी क्षेत्रको संभावना, समस्या र समाधानकालागिअध्ययन अनुसन्धान र सुधारका लागि सुझावदिने गरी सहकारी विद्वत समुह (थिंक ट्यांक) गठन गरेको छ ।

बैंकको सञ्चालक समितिको साउन १९ गते सम्पन्न सञ्चालक समितिको वैठकले विद्वत समुह गठन गरेको हो ।

सहकारी लगायतवित्तीय क्षेत्रमाविभिन्नतहमा रहेर योगदान गरेका विशेषज्ञ तथाविषयसंग सम्बन्धितव्यक्तिहरुको सहभागितामाविद्वत समुह गठन गरिएको बैंककाअध्यक्ष के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

विद्वत समुहका सदस्यहरुमा नेपाल राष्ट्र बैंककापूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, एशियाली ऋण महासंघका पूर्व अध्यक्षऋषिराज घिमिरे, विषयविज्ञ डा.भिष्मअधिकारी, डा.गोविन्दराजजोशी, डा. रामजीप्रसाद न्यौपाने,, डा. दिपबहादुर रावल, सहकारी अभियानकर्मीहरु डि.बी.वस्नेत, सरितातिम्सिना भट्टराई, रामशरण शर्मा घिमिरे, केशव प्रसाद पोखरेल, विष्णु पाठक रहनु भएको छ ।

बैंकले दिने सेवा सुविधा, कानुनी संरचनाहरु लगायत सहकारी क्षेत्रको सवलीकरणका लागिआवश्यक सुझावतथा समन्वयकालागिविद्वत समुहसंग समन्वयगरिने बैंककाप्रमुखकार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यसैबीच बैठकले बैंकको शिक्षातालिमतथा सम्मानउपसमितिका संयोजकमा बैंकका सञ्चालक रामबहादुर जिसीलाई चयन गरेको छ । यस्तै सदस्यमा सञ्चालक ज्ञान बहादुर तामाङलाई चयन गरिएको छ ।

बैंकको कर्मचारी सेवा सुविधाउपसमितिको संयोजकमा अमृतासुब्बातथा सदस्यहरुमा महेन्द्र कुमार गिरी, माधवलाल देवकोटा र सदस्य सचिवमानायवमहाप्रवन्धक राजेश श्रेष्ठ रहनु भएको छ ।

यस्तै जोखिमव्यवस्थापनउपसमितिको संयोजकमा बैंकका सञ्चालकमाधवलाल देवकोटा तथा सदस्यहरुमा सञ्चालकहरु पार्वतीथापा र महेन्द्र कुमार गिरी तथा सदस्य सचिवमाप्रमुख सञ्चालनअधिकृत मोहनकुमार कार्की रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *