सहकारी बैंकले मनायो २० औं स्थापना दिवस

सहकारीको योगदानथप वृद्धि गर्न सरकार र अभियानबीचको सहकार्य आवश्यक छ : सचिव थपलिया


आदर्श अनलाइन, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २० औं स्थापनादिवस तथा कारोबार शुभारम्भ दिवस साउन १९ गते विविधकार्यक्रमका साथमनाएको छ ।

स्थापनादिवसकाअवसरमाआयोजितमुख्यकार्यक्रमको उद्घाटन भूमिव्यवस्था, सहकारी तथागरिवीनिवारण मन्त्रालयका सचिव राम प्रसाद थपलियाले गर्नु भएको थियो ।

सो अवसरमाबोल्दै सचिवथपलियाले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप वृद्धि गर्नका लागि सरकार र अभियानबीचको निरन्तर सहकार्य र समन्वयआवश्यक रहेको बताउनुभयो । सहकारी क्षेत्रको थप सुधारका लागिनीतिगतव्यवस्थालाई व्यवहारमाकार्यान्वयनगर्नु पर्नेमाजोड दिनुभयो ।

कार्यक्रममापूर्वमन्त्री केशव प्रसाद बडालले सहकारी भनेको करयोग्यनागरिक निर्माण गर्ने क्षेत्र भएकाले सहकारीलाई करमुक्तबनाउन सरकारलेध्यानदिनु पर्ने र सहकारीले त्यस अनुकुलकाकामगर्नु पर्ने बताउनुभयो । राष्ट्रिय सहकारी महासंघका अध्यक्षमिनराज कंडेलले नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउननिरन्तर महत्वपूर्ण भूमिकानिर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमतिदिनकालागि सरोकारवालानिकायले ध्यानदिनु पर्नेमाजोड दिनुभयो । सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीको प्रवद्र्धनकालागिनिर्माण गर्ने गरी ऐनमाव्यवस्थाभएकाकर्जा न्यायाधिकरण, कर्जा सूचनाकेन्द्र सञ्चालनकालागिविभागतदारुकताका साथलागि परेको बताउनु भएको छ ।

कार्यक्रममा बैंकले सञ्चालन गरेको इ–लाइब्रेरी को सहकारी सचिव राम प्रसाद थपलियाले शुभारम्भ गर्नु भएको थियो । सो अवसरमाराष्ट्रिय सहकारी बैंकको बारेमा बैंककाप्रमुखकार्यकारी अधिकृत बद्रीकुमार गुरागाई, कोपोमिस सम्बन्धी प्रस्तुतीकरण सहकारी विभागकाअधिकृत आमोद प्रसाद पुडासैनी र सहकारीकालागि कर सम्बन्धी संशोधितकानुनीव्यवस्थाहरु विषयमा चार्टर्ड एकाउण्टेण्ट शेषमणी दाहालले प्रस्तुतगर्नु भएको थियो ।

कार्यक्रममा बैंकले सञ्चालन गरेको वित्तिय साक्षरतामा सहकारीको भूमिकाविषयक निवन्ध प्रतियोगितामा पुरस्कृत भएकाविद्यार्थीहरुको नाम घोषणा बैंकका सञ्चालकएवम् शिक्षा, तालिमतथा सम्मानउपसमितिका संयोजक रामबहादुर जिसीले प्रस्तुतगर्नु भएको थियो ।

स्थापनादिवस तथा कारोबार शुभारम्भ दिवसकाअवसरमाआयोजितकार्यक्रमको अध्यक्षता बैंककाअध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा समितिका सदस्यतथाराष्ट्रिय विकास बोर्डका सहअध्यक्षमित्रराज दवाडी र सञ्चालन बैंकका सञ्चालक केदार मानन्धरले गर्नु भएको थियो । भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालनभएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *