कर बढाएको बिरोधमा सार्वजनिक सवारी साधन बन्द

–आदर्श अनलाइन, बागलुङ
बागलुङका यातायात व्यवसायीहरुले भोलीदेखि सार्वजनिक सवारी साधन नचलाउने भएका छन् । गण्डकी प्रदेश सरकारले अव्यवहारिक रुपमा अचाक्ली कर बढाएको विरोधमा भोलीदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा थन्काउने निर्णय भएको धौलागिरी कालिका यातायात प्रा.ली बागलुङका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।

सवारीसाधन नचालउनेमा धौलागिरी कालिका यातायात प्रा.लि, धौलागिरी गण्डकी यातायात प्रा.लि बागलुङ, धौलागिरी अञ्चल यातायात सेवा प्रा.लि बागलुङ र बागलुङ भगवती यातायात प्रा.लि बागलुङको एक्यबद्धता रहेकोे छ ।

पत्रकार सम्मेलन गरेर आईतबारदेखि लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी साधन नचलाउने अध्यक्ष अधिकारीले बताउनुभयो । यातायात व्यवसायीहरुले आन्दोलनको भावना विपरित गण्डकी प्रदेश सरकारबाट माग सम्बोधन नभएको खण्डमा अनिश्चितकालिन प्रदेश बन्द गर्न बाध्य हुने समेत यातयात व्यवसायीहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *