दुई वर्ष नाघेका जम्मा २२ मुद्दा

आदर्श अनलाइन, बागलुङ

न्याय क्षेत्रमा एउटा उक्ति छ ‘ढिलो न्याय पाउनु भनेको अन्याय सरह हो ।’ तर पछिल्लो समय यो युक्ति भने लागु हुँन छोडिसक्यो । नागरिकले अन्यायमा पर्दा आउने न्यायलयलेनै समयमा न्याय नदिदा समस्यामा परेको गुनासो पछिल्लो समय कमै मात्र सुन्न पाइन्छ ।

एउटा मुद्दा छिन्न एक पुस्ता सकिएको समाचार अहिले सुन्नै पाइदैन । पछिल्लो समय न्यायलय प्रविधिमैत्री हुँदा न्याय सम्पादन छिटो छरितो सम्पन्न हुँने गरेको देखिएको छ । जिल्ला अदालत बागलुङमा दुई वर्ष नाघेका जम्मा २२ मुद्दा मात्रै छन् । यो मुद्दा दायित्व सरेर आएका र नयाँ दर्ता भएको मुद्दाको तुलनामा निकै कम संख्या हो ।

मुद्दाको वर्गीकरण सहित न्याय सम्पादन गर्दा छिटो छरितो रुपमा फैसला भएका कारण पुरना मुद्दा प्राय शून्य भएका हुन् । जिल्ला अदालत बागलुङमा दुई वर्ष नाघेका जम्मा २२ मुद्दा रहदा आर्थिक वर्ष २०७८÷०७९ मा ४५२ अर्थात जम्मा मुद्दाको ५३.७४ प्रतिश मुद्दा फछ्यौट भएका छन् ।

उक्त आर्थिक वर्षमा अघिल्लो वर्ष जिम्मेवारी सरेर आएका ३३१ र नयाँ ५१० गरी ९४१ मुद्दा रहेकोमा ४५२ मुद्दा फछ्यौट भएका भन् भने बाँकी ३८९ मुद्दा बाँकी रहेका छन् । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा ३३ जिम्मेवारी सरेर आएका मुद्दा ३९६ नयाँ दर्ता गरी कुल ६९९ मुद्दा मध्ये ३६८ भएका थिएभने ३३१ मुद्दा बाँकी रहेका थिए ।

आर्थिक वर्ष २०७७÷०७८ बाट जिम्मेबारी सरिआएका ३३१ र आर्थिक वर्ष २०७८÷७९ मा पर्न सक्ने अनुमानित मुद्दा संङ्ख्या ४६६ समेत गरी जम्मा ७९७ मद्दाको लगत कायम हुँने अनुमान गरीएकोमा ५६४ थान मुद्दा फछ्यौट गर्ने लक्ष्य राखिएकोमा नयाँ ५१० मुद्दा दर्ता भई जम्मा ८४१ मुद्दा लगत कायम भएकोमा ४५२ मुद्दा अर्थात ५३.७४ प्रतिशत मुद्दा फ्छ्यौट भएको जिल्ला न्यायाधिस डा. दिवाकर भट्टले जानकारी दिनुभयो ।

“न्याय सम्पादनलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउदै मुद्दाको तीन भागमा वर्गीकरण गर्दा जटिल प्रकारका मुद्दा बाहेक सबै मुद्दा दुई वर्ष भन्दा बढीका रहदैनन्” डा. भट्टले भन्नुभयो “जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको संङ्ख्या जम्मा २२ छन् यो नयाँ दर्ता भएका मुद्दा र फछ्यौट भएका मुद्दाको संङ्ख्याको आधारमा निकै कम हो ।”

भट्टका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा दर्ता भएका मुद्दा र फछ्यौट भएका मुद्दा हेर्ने हो भने सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७८÷०७९ मा सम्बन्ध बिच्छेदाका मुद्दा जिम्मेबारी सरेर आएको ७४ र नयाँ दर्ता भएको २४५ गरी जम्मा ३१९ मध्ये २३२ अर्थात ७३.७२ प्रतिशत मुद्दा फछ्योट भएर बाँकी ८७ मुद्दा मात्रै बाँकी रहेको पाइएको छ । मुद्दाको दर र फछ्यौटको दरनै सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दामा रहेको पाइएको छ ।

बैदेशिक रोजगारी, सामाजिक सञ्जाल, बढ्दो प्रविधिको प्रयोग, व्यक्तिगत स्वतन्त्रता, न्यायको पहुँच र अन्याय नसहनुका कारण सम्बन्ध बिच्छेदका घटना बढेको न्यायसम्पादनको क्रममा पाइएको जिल्ला न्यायधिस डा. दिवाकर भट्टले बताउनुभयो ।

यस्तै सम्बन्ध बिच्छेदका मुद्दा पछि सबैभन्दा बढी मुद्दा दर्ता भएको महिला पीडित सम्बन्धी रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा महिला पीडित सम्बन्धी ६३ मुद्दा जिम्मेवारी सरेर आएका र २८७ मुद्दा नयाँ दर्ता गरी ३५० मुद्दा मध्ये २३० मुद्दा फछ्यौट भएर १२० मुद्दा बाँकी रहेको छ । यस्तै अंश सम्बन्धी जिम्मेवारी सरेर आएको ५५ र नयाँ दर्ता भएको ४७ गरी जम्मा १०२ मध्ये ३७ मुद्दा फछ्यौट भएका छन् भने ६५ मुद्दा बाँकी रहेका छन् ।

यस्तै बालबालीका सम्बन्धी जिम्मेवारी सरेर आएको ३६ र नयाँ दर्ता भएको ९१ गरी १२७ मुद्दा मध्ये ५२ मुद्दा फछ्यौट भएर ७५ मुद्दा बाँकी रहेको छ । यस्तै लागू औषध सम्बन्धी १२ जिम्मेवारी सरेर आएको र १५ नयाँ गरी जम्मा २७ मुद्दा मध्ये १३ मुद्दा फछ्यौट भएको र १४ मुद्दा बाँकी रहेको पाइएको छ ।

यस्तै ज्यान सम्बन्धी १९ जिम्मेवारी सरेर आएको र २४ नयाँ मुद्दा गरी ४३ मुद्दामा जम्मा १७ मुद्दा फछ्यौट भएको छ भने जबरजस्ती करणीमा जिम्मेवारी सरेर आएको १२ र नयाँ दर्ता भएको १५ गरी २७ मुद्दा दर्ता भएकोमा ६ मुद्दा फछ्यौट भएर २१ मुद्दा बाँकी रहेको पाइएको छ । यस्तै उक्त आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको ४५ थान र नयाँ दर्ता भएको ७४ थान गरी ११९ थान निवेदन मध्ये ६८ थान निवेदन फछ्यौट भएर ५१ थान निवेदन बाँकी रहेका छन् । यस्तै अदालतले विभिन्न शिर्षकको जरिवानाबापत रु. ३८ लाख ७९ बजार ९५७ संकलन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *