मुल्यवृद्धि बिरुद्ध सडकमा उत्रियो एमाले (फोटो सहित)


आदर्श अनलाइन, बागलुङ

मुल्यवृद्धि, महङ्गी तथा भष्ट्राचार विरुद्ध नेकपा एमाले बागलुङ सडकमा उत्रिएको छ । नेकपा एमाले सर्मथक भातृ तथा सुभेच्छुक संघ संस्था सहितका कार्यकर्ताले बागलुङ बजारमा प्लेकार्ड सहितको नारा बोकेर नारवाजी गर्दै बागलुङ बजार परिकर्मा गरेका छन् ।

उनिहरुले गठबन्धनका कारण देश र राष्ट्रियता धरापमा परेको बताउदै अहिलेको सरकारले महङ्गी, भष्ट्राचार कालोबजारीलाई प्राथमिकता दिएको आरोप लगाउदै नाराबाजी सहित बागलुङ बजार परिक्रर्मा गरेको छ ।

एमाले कार्यक्रर्ताहरुले एसपिपि खारेज गर, राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, अपरिपक्क शासक चाहिदैन, जनता मार्न पाइदैन, मुल्य वृद्धि नियन्त्रण गर र गठबन्धनको उपहार मूल्यवृद्धि, कुशासन र भ्रष्ट्राचार लगायतका नारा सहित बजार परिकर्मा गरेको छ ।

नेकपा एमालेले देशव्यापीरुपमा अहिलेको गठबन्धन बिरुद्ध प्रर्दशनमा उत्रने नीति अनुसार बुधबार देशव्यापी प्रर्दशन गरेको छ । एमाले विरोध प्रदर्शनपछि कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य गोबिन्द नेपालीले गठबन्धनको सरकार माफियाको जङ्गुलमा फसेको बताउनुभयो ।

“अहिलेको गठबन्ध सरकार विदेशीको इशारामा चलेको छ, महङ्गीले देश आक्रान्त बनिसक्यो, तर यो सरकारले महङ्गी नियन्त्रण गर्नुको साटो कालोबजारीलाई बढाइ रहेको छ” नेपालीले भन्नुभयो “एमाले पलिा पनि जनताको पक्षमा ओकालत गरेको थियो, अहिले पनि जनताको पक्षमै ओकालत गरिरहेको छ, जनताको चुलो बोल्न नसक्ने अवस्थामा गठबन्धनको सरकारले आसेपासेलाई बजेट पोसेको छ ।”

यस्तै कार्यक्रममा बोल्दै अनेमसंघका केन्द्रिय सदस्य हुमा कुमारी जिसी अन्जुले गठबन्धनको सरकार र मुल्य नियन्त्रणको विरुद्धमा नेकपा एमाले संर्घषमा उत्रेको बताउदै महङ्गी, भष्ट्राचार तथा मुल्यवृद्धि नियन्त्रणमा अहिलेको सरकार असफल भएको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य शेखर खड्काले गर्नुभएको थियो । विरोध¥यालीमा नेकपा एमालेका केन्द्रिय सदस्य देखि जनवर्गीय तथा सुभेच्छुक संघ÷संस्था तथा कार्यकर्ता सडकमा उत्रेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *