बोक्सेमा मोटरसाइकल र पिकअप ठोक्किँदा एक युवा गम्भीर

आदर्श अनलाइन, बागलुङ
बागलुङमा मोटरसाइकल र पिकअप जीप एक आपसमा ठोक्किँदा एक युवा गम्भीर घाइते भएका छन् ।

काठेखोला गाउँपालिका वडा नम्बर ६ सुलडाँडादेखि बागलुङ बजार आउँदै तर्फ गरेको ग ३ च ३४५० पिकअपसँग विपरित दिशा तर्फबाट आएको ध २ प ४६४० नम्बरको मोटरसाइकल बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा ठोक्किँदा मोटरसाइकल चालक काठेखोला गाउँपालिका वडा नम्बर ६ का २४ वर्षीय सनम पुन घाइते भएका हुन् ।

घाइते पुनको पेटमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिए । घाइते पुनको धौलागिरी अस्पताल बागलुङमा उपचार गरिँदैछ । चालक र पिकअपलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *