दगातुम्डाँडावासीलाई छैन अब खानेपानीको पिर

आदर्श अनलाइन, बागलुङ
केही समय अगाडिसम्म बडिगाड गाउँपालिका वडा नम्बर २ दगातुम्डाँडामा खानेपानीको चरम समस्या थियो । खानेपानीको अभावले स्थानीयले विभिन्न समस्याहरु खेप्नु परेको थियो । अहिले घर–घरमा चिटिक्कका धाराहरु बनेका छन् । घरमै धारो बनेर पानी आउन थालेपछि गाउँले हर्षित भएका छन् । खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयले अब धित मर्ने गरि पानी पिउन पाउने भएका छन् ।

यस वडामा ‘एक घर एक धारा’ कार्यक्रम संचालन भइरको छ । योजनाको काम पनि अन्तिम चरणमा पुगेको नेपाल स्वास्थ्यका लागि पानी (नेवा) का सामाजिक प्राविधिक कुशल थापाले जानकारी दिनुभयो । सात सय घरधुरी रहेको यस वडामा बरिब पाँच सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आईसकेको गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिनुभयो ।

साबिक दगातुम्डाँडा गाविसको वडा नम्बर ६, ७, ८ र ९ वडामध्ये ८ र ९ वडामा ‘एक घर एक धारा’ तयार भैसकेको र साविकका वडा नम्बर ६ र ७ मा पनि तीव्र गतिमा काम भएको उहाँको भनाई छ । बडिगाड गाउँपालिका र नेवासंगको सहकार्यमा एक घर एक धारा निर्माण भइरहेको छ । सक्न्यार, लफरे सिरसिरे र राक्से बडहरे खानेपानी अयोजनाको काम पनि सकिएको उपाध्यक्ष वनले जानकारी दिनुभयो ।

हाँडिखोलामा पनि खानेपानी अयोजनामा कामको सुरु भएको उहाँको भनाई छ । जिमी सक्न्यार खानेपानी आयोजनाबाट ३ विद्यालयसहित १२७ धारा, लफरे सिरसिरे खानेपानी अयोजनाबाट ५९ धारा र राक्से बडहरे खानेपानी अयोजनाबाट ६० धारा निर्माण गरि साविक वडा नम्बर ८ र ९ का सबै घरधुरीमा खानेपानी पुगेको उहाँले बताउनुभयो ।

जिमी सक्न्यार खानेपानी आयोजनामा नेवाको ६२ लाख, गाउँपालिकाको २९ लाख ३९ हजार ४१२, स्थानीयको ३ लाख ९९ हजार सहयोग र २९ लाख बराबरको जनश्रमदान गरि कुल १ करोड २४ लाख ३८ हजार ४१२ मा सम्पन्न भएको हो । बडिगाड वडा नम्बर १ बेतनीमा खानेपानी मुहान रहेको उक्त आयोजनामा १२ वटा खानेपानी ट्याङ्की निर्माण गरिएको छभने २६ हजार ९ सय ११ मिटरमा पाइप बिछ्याईएको नेवाका सामाजिक प्राविधिक कुशल थापाको भनाई छ ।

नेवाको २९ लाख ३४ हजार ५७३, बडिगाड गाउँपालिकाको ५ लाख ८३ हजार ७ सय २९, स्थानीयको १ लाख ५६ हजार ६ सय र जनश्रमदान १३ लाख ६ हजार २६० गरि कुल ३८ लाख ११ हजार १६२ रुपैयाँ लागतमा लफरे सिरसिरे खानेपानी अयोजना समेत सम्पन्न भएको थापाले बताउनुभयो ।

१५ लाख ९९ हजार २२२ नेपाल स्वास्थ्यका लागि पानी (नेवा), बडिगाडको ५ लाख, समुदायको २ लाख ३६ हजार र जनश्रमदान ४ लाख ९१ हजार ७०५ गरि कुल २८ लाख २६ हजार ९२७ को लागतमा राक्से बडहरे खानेपानी आयोजना समेत सम्पन्न भएको उहाँको भनाई छ । बडहरेमा मुहान रहेको उक्त खानेपानी आयोजनाको लागि चारवटा ट्याङ्की निर्माण गरिएको छ । जसबाट ६० धारामा खानेपानी पुगेको छ । राक्से बडहरे खानेपानी आयोजनाको लागि ७ हजार ५६० मिटर लामो पाईपलाईन निर्माण गरिएको छ ।

साबिक दगातुम्डाँडा गाबिसको वडा नम्बर ६ र ७ का चार सय घरधुरी लाभान्वित हुने गरि प्रदेश सरकार मार्फत खर्बाङ दनिया लिफ्टिङ खानेपानी आयोजनाको काम भईरहेको थापको भनाई छ । नेवा र बडिगाड गाउँपालिकाको सहकार्यमा अन्य वडाहरुमा पनि खानेपानीको योजना संचालनमा छन् । त्यस मध्ये केही सम्पन्न भइसके भने केही निर्माण चरणमै रहेको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *