कुहिएका कम्युनिष्टहरु कांग्रेस संग मिल्न गए : उपमहासचिव गुरुङ

आदर्श अनलाइन, बगालुङ

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कुहिएका कम्युनिष्ट पार्टीहरु कांग्रेस संग मिल्न गएको टिप्पणी गर्नुभएको छ । उहाँले नेकपा एमाले गठबन्धनका विरुद्धमा चुनाव जान आत्माविश्वासका अगाडी बढेको बताउदै नीति र सिद्धान्त बाहिर जाने पार्टीहरु कम्युनिष्ट नभएको बताउनुभयो ।

नेकपा एमाले जिल्ला कमिटि बागलुङले आज आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनुभएका गुरुङले एमाले गठबन्धबाट नडराउने बताउनुभयो ।

“एमाले संग आत्माविश्वास छ, जनताको भरोषा छ पटक–पटकको निर्वाचनमा एमाले सरकारमा हुँदा गरेको कामको विषयमा जनतालाई जानकारी छ” एमाले नेता गुरुङले भन्नुभयो “एमालेसंग दुई लाख संगठित सदस्याता हुँदा त जनताको विश्वास जित्दै शक्तिशाली दल बन्दै आएको थियो, अहिले एमाले संग आठ लाख संगठित सदस्यता छन्, एमाले आत्माविश्वासका साथ चुनावमा जान्छ र पुनः ठूलो दल भएर आउछ, एमाले संग चुनाव हार्ने डरले गठबन्धनमा पार्टी र नेता थप्ने कार्य भइरहेको छ ।”

गुरुङले देशमा सामन्त वर्ग निस्तेज भएपनि दलाल तथा पूँजीपती वर्गको राज अझै कायम रहेको भन्दै दलाल तथा पूँजीपतिको राजको अन्त्य गर्दै समाजवाद ल्याउन एमालेको आवश्यकता रहेको बताउनुभयो ।

यस्तै नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले अहिलेको गठबन्धनको अवस्था सुखद् नरहेको बताउनुभयो । उहाँले एउटै दलमा टिकट पाउन मुस्किल रहेको सन्दर्भमा गठबन्धलाई मिलायर लैजाने विषय सुखद् नभएको तर्क गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *