बाँझो जग्गामा खेती विस्तार गर्ने किसानलाई प्रोहोत्सान भत्ता

डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय गाउँ छोडेर बजार झर्नेहरुको लर्कोनै लागेको छ । गाउँदेखि बजारमा स्वास्थ्य, शिक्षा, रोजगार लगायतका सुविधा खोज्दै मानिसहरु झर्न थालेपछि अहिले गाउँका उर्वर भूमीहरु वनमारा झारले ढाकिन थालेका छन् । गाउँमा बस्नेहरु समेत कृषि गर्न खास्सै रुचाउँदैनन् । त्यसले गर्दा उत्पादन घट्ने र परनिर्भर हुनु पर्ने अवस्था सिर्जना भएको छ । बागलुङ धेरै पालिकाको समस्या हो यो ।

उत्पादन बढाउने र पालिकालाई आत्मनिर्भर बनाउन तर्फ जिल्लाका कमै पालिका मात्रै लागेका छन् । त्यस मध्ये ताराखोला गाउँपालिकाले पनि कृषिलाई बढी प्राथमिता दिएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र बाँझो जमिनमा खेतीपाती गर्न कृषिकलाई प्रोहोत्सान कार्यक्रम ल्याएको छ । अब गाउँपालिकाले कृषकले जति धेरै जमिनमा खेती गर्छ, उसलाई उति धेरै प्रोहोत्सान रुकम उपलब्ध गराउने छ ।

कृषकले बाँझो जमिनमा खेती गरे बापत गाउँपालिकाले प्रति रोपनी २००० रुपैयाँ उपलब्ध गराउने ताराखोला गाउँपालिका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईले जानकारी दिए । उनले पछिल्लो समय खेतीयोग्य जमिनहरु बाँझिदै गएको र उत्पादन घट्दै गएको हुँदा यो कार्यक्रम ल्याएको बताए । कृषकलाई खेती गर्न तर्फ आकर्षण गरि बाँझो जमिनमा खेती गर्न लगाउने र पालिकाले आत्म निर्भर बनाउने लक्ष्य रहेको बताए ।

‘पछिल्लो समय स्थानीयहरु गाउँ छोडी बसाइँसराइ गरेर बजार झरि रहेका छन्, यहाँ भएकाहरुले पनि सीमित बारीमा मात्रै खति गर्ने गरेका छन्, त्यसले गर्दा उत्पादन घटि रहेको छ,’ शाखा प्रमुख भट्टराईले भने ‘बसाइँसराइ रोकि बाँझिएका जमिनमा खेती गर्न प्रोहोत्सान गर्ने र उत्पादन बढाउने हिसाबले यो कार्यक्रम ल्याएका हौँ, एक रोपनी बाँझो जमिनमा खेती गरे बापत किसाने २००० रुपैयाँ पाउने छन्, जति रोपनी जग्गा खती हुन्छ, उति रकम बढी पाउँदै जानुहुने छ ।’

ताराखोला गाउँपालिकामा अहिले पनि परम्परागत शैलीबाटै खेतीपाती हुँदै आएको छ । कृषकलाई आधुनिक प्रविधिसँग जोड्न र कृषिलाई यान्त्रीकरण गर्न तर्फ पनि गाउँपालिकाले जोड दिएको छ । पालिकाले मिनी टेलर, धान गहुँ कोदो चुट्ने थ्रेटर मेसिन वितरण योजना गरेको शाखा प्रमुख भट्टराइले जानकारी दिए । उनले आधुनिक सामग्रीले कृषकलाई खेतीपाती गर्न सहज हुने र उत्पादनमा समेत सहयोग पुग्ने बताए ।

‘यस वर्ष कृषकलाई आधुनिक औजार वितरण गर्ने कार्यक्रम छ, मिनी टेलर, धान गहुँ कोदो चुट्ने थ्रेटर मेसिन वितरण हुने छ, यसले कृषकलाई खेतीपाती गर्न सहज हुने छ, उत्पादनमा पनि वृद्धि हुने अपेक्षा लिएका छौँ’ उनले भने ‘उत्पादन वृद्धि गर्ने नै मुख्य लक्ष्य रोको हुँदा कृषकको आवश्यकता अनुसार सहयोग भइरहेको छ ।’

खासगरी ताराखोलामा आलु , भाँगो, किबी कोदो, मकै लगायतका खाद्यबाली उत्पादन हुने गर्छ । भट्टराइले व्यवसायिक खेतीमा लागेका कृषकलाई आवश्यक पर्ने सहयोग गर्ने बताए । ‘यहाँ व्यवसायिक खेतीमा लाग्नु भएका कृषक पनि हुनुहुन्छ, उहाँहरुलाई आवश्यक बिउभिजन, प्राबिधिक लगायत विभिन्न सहयोग हुन्छ, भइरहेको छ ।’ उनले भने

जैविक कृषि बगैचा संचालन
गाउँपालिकाले जैविक कृषि बगैचा संचालन गरेको छ । गत वर्षदेखि सुरु भएको जैविक कृषि बजैचा ३७ रोपनी क्षेत्रफलमा संचालन गरिएको कृषि शाखा प्रमुख भट्टराईको भनाई छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको १५ लाख रुपैयाँबाट बगैचा संचालन गरेको उनले बताए ।

३७ रोपनी मध्ये २० रोपनी क्षेत्रफलमा किबी खेति र अन्य १७ रोपनीमा आलु, भाँगो लगायत विभिन्न खाद्यबाली तथा फलफूल लगाएको उनको भनाई छ । ‘हामीले गत वर्षदेखि जैविक कृषि बगैचा संचालनमा ल्याएका छौँ, बैचामा सबैभन्दा धेरै किबी खेती गरिएको छ भने आलु, भाँगो लगायतका खाद्य बाली र फलफूल पनि यहाँ लगाइएको छ,’ उनले भने ‘यहाँ लगाएका खाद्य बाली र फलफूल पनि राम्रो हुँदै गएको छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *