टाउको चुडिएको अवस्थामा फेला परेका विकको हत्या आफ्नै श्रीमतीले गरेको खुलासा

आदर्श अनलाइन, बागलुङ

बागलुङको निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले हत्या गरेको खुलेको छ ।

बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृत भेटिएका निसीखोला गाउँपालिकावडा नम्बर ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिए ।

विकका श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको घन र रिचपटले हानी हत्या गरि टाउको काटेर घर नजिकै निसीखोलामा शव फालेको स्वीकार गरेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए ।

पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कुटपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउँको काटेर हत्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन् ।

२०७३ सालमा विवाह गरेका तुलबहादुर र कुमारीका २ वर्षीया छोरी छन् । घरदेखि ७ किलोमिटर तल झिवाखोलामा विकको मृत शरिर भेट्टिए पनि टाउँको हालसम्म फेला परेको छैन ।

कुमारीसँगै प्रहरीले उनकी १८ वर्षीया बहिनी मनिषा विकलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । भिनाजुको हत्यामा दिदीलाई सहयोग गरेको हुन सक्ने आशंकामा बहिनीलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको ज्ञवालीले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *