सहकारीले विक्री गरेको चामलमा अजैविक बस्तु मिसावट छैन : गुण नियन्त्रण

आदर्श अनलाइन, बागलुङ
बागलुङको एक सहकारीले बिक्रि गर्दै आएको चामल अखाद्य नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ ।

सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै बागलुङ बजारको कर्मशीयल बहुउद्देश्यीय सहकारीले विक्रि गरेको चामलमा प्लाष्टिकजन्य पदार्थ फेला परेको उपभोक्ताको गुनासो पछि खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालय बागलुङले साउन १० गते उक्त प्लाष्टिक मिसिएको संकास्पद चामाललाई राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला पठाइएको थियो ।

उक्त प्रयोगशालाको रिपोर्ट अनुसार चामालमा तोकेको अनिवार्य गुणस्तर मापदण्ड बमोजिम रहेको र अन्य कुनै बाह्य अजैविक पदार्थ मिसावट नरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका सूचना अधिकारी सहन्सा कुमार मेहताले जानकारी दिनुभयो ।

उक्त सहकारीबाट खरिद गरेको चामाल पकाउदा प्लाष्टिक जस्तो देखिएको डल्लो परेको उपभोक्ताको गुनासोपछि खद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक सहितको प्राविधिक समूहले साउन १० गते नमूना संकलन गरिएको थियो ।

हालै चामाल परिक्षणको रिपोर्ट आएपछि बागलुङको खाद्य प्रविधि तथा गुण डिभिजन कार्यालयले भारतीय चामाल उत्पादक कम्पनी श्री जानकी फूड प्रालिले उत्पादन गरेको चामालमा अजैविक पदार्थ मिसावट नभएको पाइको आज जारी गरेको प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *