तमानखोलामा भेटिएको ग्रिनेट सेनाद्वारा निस्क्रिय

आदर्श अनलाइन, बागलुङ

नेपाली सेनाले ग्रिनेट निस्क्रिय गरेको छ । बागलुङ जिल्लाको तमानखोलामा भेटिएको ग्रिनेड नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको नेपाली सेनाले जनाएको छ ।

तमानखोला गाउँपालिका वडा नं. ३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा भेटिएको थियो । उक्त ग्रिनेड घोडाबाँधेस्थित श्रीमेहर गणबाट खटिएको डिस्पोजल समूहले निस्क्रिय बनाएको हो ।

केहि महिना अघि अपरिचित व्यक्तिले राख्न दिएको झोला खोली हेर्दा डल्लो वस्तु भेटिएको थियो । उक्त वस्तु शंकास्पद देखेपछि छिमेकीको सहयोगमा नेपाली सेनालाई खबर गरिएको थियो ।

सेनालाई जानकारी आएपछि डिस्पोजल टोली पठाएर आज राती निस्क्रिय गराइएको श्रीमेहर गणका गणपति देवभक्त माडी श्रेष्ठल जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *