डा.आरजु राणा देउवा बागलुङ क्षेत्र नम्बर २ बाट सिफारिस


आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नम्बर २ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा सहित १० जनाको नाम सिफरिस गरेर पठाएको छ ।

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ को आज बसेको बैठकले डा. आरजु राण देउवा सहित नेपाली कांग्रेस सभापती जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवि प्रकाश भट्टचन, दोर्ण कुमार कुवर, नर बहादुर पुन निरज, राम प्रसाद आचार्य, डा. शान्तराज आचार्य र सिंह बहादुर राणाको नाम सिफरिस गरिएको बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती जोकलाल बुढाले जानकारी दिनुभयो ।

बुढाका अनुसार बागलुङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस बलियो संगठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *