महासचिव पौडेलद्वारा मिडिया काउन्सिल विधेयकको त्रृटी सच्चाउन माग

आदर्श अनलाइन, बागलुङ
नेपाल प्रेस युनियका केन्द्रीय महासचिव दिलिप पौडेलले मिडिया काउन्सील विधेयकमा भएको त्रृटी सच्चाउनुपर्ने माग गरेका छन । प्रेस युनियन बागलुङ शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले काउन्सिललाई स्वायत्त निकायको रुपमा राख्नुपर्ने बताए ।

पौडेलले पत्रकारितालाई स्वतन्त्र, मर्यादित र उत्तरदायी बनाउन सहयोग गर्ने भन्दै प्रस्ताव गरिएको विधेयकमा भएका त्रृटीलाई सच्चाउन नेपाल प्रेस युनियनको ध्यानकर्षण भएको बताए । उनले पत्रकार बन्नकै लागि पनि परिक्षा पास गरेर लाईसेन्स प्राप्त गर्नुपर्ने प्रावधान हटाउनुपर्ने बताए ।

‘हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुरा गछौं पौडेलले भने,–तर स्वतन्त्र प्रेसको मर्म विपरित मिडिया काउन्सील विधेयक ल्याउन लागिएको छ । पत्रकार बन्नकै लागि लाईसेन्स प्राप्त गर्नुपर्ने व्यवस्था हटाउनका लागि प्रेस युनियनले जोडदार माग गर्छन । सरोकारवाला निकाय बसेर यस्ता कुरा सच्चाएर अगाडी बढ्नु पर्छ ।’

उनले नेपाल प्रेस युनियन सधै पत्रकारको पेशागत हकहितका लागि लड्दै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने बताए । महासचिवमा निर्वाचित भए पश्चात पहिलोपटक गृह जिल्ला आएका पौडेलले महाविधेशनको समयमा सहयोग गर्ने सवै प्रति धन्यबाद प्रकट गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्यमा निर्वाचित म्याग्दीका पत्रकार धुव्रसागर शर्मा, पर्वतका माया अधिकारी, र साजन परियारलाई पनि सम्मान गरिएको प्रेस युनियन बागलुङका सचिव नारायण रिजालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *