बागलुङमा धमाधम नयाँ उद्योग थपिदै

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तिब्रता पाएको छ । आर्थिक वर्ष २०७८÷७९ मा जिल्लामा ४१८ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योगमा कृषि तथा वन पैदावर र हस्तकलामा आधारित भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

एक वर्षको अवधिमा जिल्लामा उद्योग तर्फ १५० र वाणिज्य तर्फाका २६८ उद्योग तथा व्यवसाय दर्ता दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवि शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार जिल्लामा १५० साना तथा घरेलु उद्योगले बस्तुको उत्पादन र बजारीकरणमा जोड दिनेगरी दर्ता भएका छन् भने सोही आर्थिक वर्षमा २६८ बस्तुको खरिद तथगा विक्रि, प्याकेजीङ लगायतको कामका लागि २६८ उद्योग दर्ता भएका हुन् ।

खासगरी बागलुङ बासीहरुले निजी तथा कृषि प्रर्बद्धनात्मक उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको शर्माको भनाई । शर्माका अनुसार उद्योग दर्ता, वाणिज्य दर्ता, नामासरी, नविकरण, ठाउँसरी लगायत बापत गत आर्थिक वर्षमा कार्यालयले रु. २६ लाख ९४ हजार ५२५ राजश्व रकम संकलन गरेको छ । यस्तै उद्योग तर्फ रु.९ लाख ६३ हजार ६५०, वाणिज्य तर्फ राजश्व रु. १६ लाख ८० हजार र तालिमका क्रममा उत्पादित बस्तु विक्रिबाट रु ५० हजार राजश्व संकलन भएको छ ।

“जिल्लामा खासगरी कृषिजन्य क्रिर्याकलाप, उतपादन र बजारीकरण गर्ने, फर्निचर उद्योग सञ्चालन गर्ने र सिलाई बुनाई पसल सञ्चालन गर्दे उद्योगहरु बढी दर्ता भएका छन्” शर्माले भन्नुभयो “पछिल्लो समय जिल्लामा उद्योगनै नगरी सञ्चालनमा आएका उद्योगहरुसमेत सचेतनाका कारण धमाधम दर्ता भइरहेका छन्, हामलिे उद्योग दर्ता, नविकरण लगातको काम संगै पदमार्ग, चौतारी र पार्क लगायतका संरचाना रु. ८१ लाखको लागतमा निर्माण सम्पन्न गरेका छौं ।”

यस्तै गत आर्थिक वर्षमा २६८ उद्योगको नपवकरण, ५१३ वाणिज्य तर्फका उद्योगहरुको नविकरण,३८ उद्योगको नामसरी, २० वाणिज्य तर्फको उद्योगको नामसरी, ४ उद्योगको ठाउँ सरी, ३ वाणिज्य तर्फका उद्योगको ठाउँसरी, २१ उद्योगको लगत कट्टा, ९५ वाणिज्य उद्योगको लगत कट्टा, ५ उद्योगको नाम परिवर्तन, २१ वाणिज्य उद्योगको नाम परिवर्तन, १४ उद्योगलाई प्रतिलिपि, वाणिज्य तर्फका २६ उद्योगलाई प्रतिलिपि, १५ उद्योगको पूजी बृति र ५७ वाणिज्य तर्फका उद्योगको पूँजी वृद्धि गरिएको छ ।

हाम्रो गण्डकी प्रदेशको पयृटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय अन्र्तगत पर्ने भएकाले ३९ स्थानमा पार्क तथा पदमार्ग निर्माण गरिएको कार्यालयको भनाई छ । गत आर्थिक वर्षमा कार्यालयले पदमार्ग, चौतारो तथा पार्क बनाउने, कोरोना प्रभावितलाई उपकरण, उद्यमशिलता विकास तालिम, कुशन बनाउने तालिम, क्रिष्टलका गहन बनाउने तालिम, झोला बनाउने तालिम, खेलौना बनाउने तालिम, प्लम्बिङ तालिम र सिलाई बुनाई तालिम सञ्चालन गरिएको कार्यालयक ासुचना अधिकारी विष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । कार्यालयले शहरमा मात्रै नभएर गाउँमा समेत पुगेर विभिन्न उद्योग तथा व्यवसायको विकास गर्नका लागि तालिमहरु दिदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *