स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा

डम्मर बुढा मगर, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर ९ स्थित तित्याङ स्वास्थ्य चौकी पहिरोको उच्च जोखिममा परेको छ । भवन निर्माण गर्नु पूर्व उपयुक्त ठाउँ छनोट नहुँदा करोड लागतमा निर्माण भएको स्वास्थ्य चौकी भवन पहिरोको उच्च जोखिममा परेको हो । वि.सं. २०७६ सालमा निर्माण भएको उक्त भवन २०७७ सालको बर्खामा पहिरो आएको पहिरोले भवन जोखिममा परेको हो ।

भवन माथिदेखि झरेको पहिरोले पछाडी तिरका झ्यालमा क्षति पु¥याएको छ । स्वास्थ्य चौकीको भवनमाथि देखि तथा तलपट्टीबाट पहिरो गएको छ । माथिदेखि झरेको पहिरोले भवन पुरिन थालेको छ भने तलदेखि भवनको जगनै उप्किन थालेको छ । दुई करोड तीन लाख रुपैयाँमा निर्माण भएको स्वास्थ्य चौकी पहिरोको उच्च जोखिमा परेपछि वडा कार्यालयले यसको संरक्षणका लागि पहल थालेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजु थापाले भवन जोखिममा परेपछि यसको संरक्षणका लागि ६५ लाख बजेट विनियोजन भएको बताउनुभयो । उहाँले बर्खा सकिएपछि पर्खाल लगाउने बताउनुभयो । “भवन निकै जोखिममा छ, कुना पट्टी र छेउँ पट्टीबाट पहिरो गएको छ, माथिबाट चापिने र तलबाट भत्किने डर छ,” अध्यक्ष थापाले भन्नुभयो “अहिले बर्खा रोकिएको छैन, बर्खा रोकियो भने यहाँ वाल लगाएर संरक्षण गर्ने योजनामा छौँ ।”

अध्यक्ष थापाले पूर्व जनप्रतिनिधिहरुको लापरवाहीका कारण लाखौँ रुपैयाँमा बनेको भवन अहिले जोखिममा परेको बताउनुभयो । उहाँले पहिले यो ठाउँमा हुँदैन भन्दाभन्दै जरबजस्ती रुपमा भवन निर्माण गर्दा अहिले यो अवस्था सिर्जना भएको बताउनुहुन्छ ।

“हामीले पहिलेनै भनेका थियौँ, यो ठाउँमा हुँदैन, जोखिम हुन्छ भन्दाभन्दै हामीभन्दा अगाडिका जनप्रतिनिधिले जबरजस्ती गर्दा अहिले भवन निकै जोखिममा छ, दिनदिनै बिरामीहरु आउँछन्, पानी पर्दा माथिबाट आएर चाप्ने हो कि, तलबाट तान्ने हो भन्ने जोखिम छ,” अध्यक्ष थापाले भन्नुभयो “पानीको मुल उम्रिने ठाउँमै भवन निर्माण गर्नु हुन्थेन, प्राबिधिकले पनि त्यसलाई कसरी पास ग¥यो त्यो हामीलाई थाहा भएन, संरचना जनतना बन्यो, महंगो संरचना, यसको संरक्षणमा हामी गम्भीर भएर लागेका छौँ ।”

उहाँले भवनको पछाडि तिर पर्खाल लगाएर संरक्षण गरेको भए पनि पानी निस्किने ठाउँ हुँदा भत्निे जोखिम रहेको बताउनुभयो । स्वास्थ्य चौकीको तल र माथि दुवै पट्टीदेखि पहिरो गइरहेको हुँदा यसको संरक्षण गर्न चुनौती देखिन्छ ।

स्थानीय देवबहादुर सुबडीले भवनको जगनै गतिलो नभएको बताउनुभयो । उहाँले पानीको मुल फुट्ने ठाउँमा स्वास्थ्य चौकी बनाउनु गलत भएको बताउनुहुन्छ । खत्रीले अनुपयुक्त ठाउँमा भवन निर्माण गर्दा करोडौँको नोक्सान हुने बताउनुभयो ।

“यस्तो ठाउँमा भवन बनाउनै हुन्थेन, पानीको मुल फुट्ने ठाउँमा भवन बन्यो, अहिले जोखिममा प¥यो, जग्गा कमजोर थियो, यही ठाउँमा भवन बनाएपछि कसरी सुरक्षित हुन्थ्यो र ?” उहाँले भन्नुभयो । भवन निर्माणका लागि स्थानीय यामबहादुर खड्का र बेलबहादुर खत्रीले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *