एमाले गण्डकीले केन्द्रमा पठायो बागलुङका ६१ जनाको नाम

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले गण्डकी प्रदेश कमिटिले आगामी संघ र प्रदेशको निर्वाचनका लागि बागलुङका ६१ जना आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेको छ । गण्डकी प्रदेश कमिटिको हालै सम्पन्न सचिवालय वैठकले संघको प्रत्यक्षमा १२ जना, समानुपातिकमा १२ जना तथा प्रदेशको प्रत्यक्षमा १६ जना र समानुपातिकका २१ जना गरी ६१ जनाको नाम केन्द्रमा सिफारिस गरेको एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले जनाउनु भएको छ ।

जिल्लाले सिफारिस गरेर पठाएका उमेदवारहरुको विषयमा छलफल गरी प्रत्यक्षतर्फ २ संघीय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि २८ जना र समानुपातिकतर्फ संघमा३३ जना गरी ६१ जनाको नाम केन्द्रमा सिफारिस गरी पठाइएको एमालेले जनाएको छ ।

एमाले गण्डकीले संघको निर्वाचनका लागि बागलुङ क्षेत्र नंं. १ बाट प्रत्यक्ष उमेदवारमा पोलिटव्यूरो सदस्य मन कुमारी केसी जिसी, केन्द्रीय सदस्य इन्द्रलाल साकोटा, केन्द्रीय सदस्य डा.सूर्य पाठक, केन्द्रीय सदस्य सावित्रा राना, गण्डकी प्रदेश कमिटि सदस्य कृष्णप्रसाद शर्मा (सञ्जाल) र गण्डकी प्रदेश कमिटि सदस्य राम शर्मालाई सिफारिस गरेको छ ।

यस्तै क्षेत्र नंं २ बाट प्रत्यक्ष उमेदवारहरुमा गण्डकी प्रदेश कमिटि सदस्यहरु मञ्जु शर्मा चालिसे, प्रेम खरेल, मेहरसिंह पाइजा र चेतनारायण पौडेल, बागलुङ–काठमाडौं सम्पर्क मञ्चका सदस्य झकप्रसाद शर्मा र ढोरपाटन नगरपालिका कमिटिका अध्यक्ष गणेश कुमार थापालाई सिफारिस गरेको छ ।

एमालेका तर्फबाट गण्डकी प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ (क) बाट जिल्ला पार्टी अध्यक्ष हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य एवम् केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य राम बहादुर जिसी, प्रदेश कमिटि सदस्य हरिनारायण गौतम, जिल्ला उपसचिव गणेश थापा र अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष लक्ष्मी बोहरालाई प्रदेश कमिटिले केन्द्रमा सिफारिस गरेको छ ।

क्षेत्र नं. १ (ख) बाट केन्द्रीय सल्लाहकार परिषदका सदस्य नवराज पौडेल, गण्डकी प्रदेश समन्वय कमिटिका सचिव पदम कुमार गिरी, बागलुङ नगरपालिका कमिटिका अध्यक्ष धन बहादुर परियार र बरेङ गाउँपालिका कमिटिका उपाध्यक्ष रुपा खनाल सिफारिस हुनु भएको छ ।

क्षेत्र नं. २ (क) बाट प्रदेश कमिटि सदस्यहरु हिरामणी आचार्य र तिलक बहादुर उप्रेती केसी, जिल्ला सचिव विष्णु भुषाल र जिल्ला सचिवालय सदस्य यमकला घर्ति (यमुना) सिफारिसमा पर्नु भएको छ ।

संघीय निर्वाचनका लागि समानुपातिकतर्फ बागलुङ जिल्लाबाट खस आर्यतर्फ क्रमश केन्द्रीय सदस्य कृष्ण बहादुर केसी, गण्डकी प्रदेश कमिटि सदस्यहरु शिवप्रसाद सापकोटा, ममतादेवी शर्मा उपाध्याय, भिमा अधिकारी र उषा पौडेल तथा बडिगाड गाउँपालिकाका सचिवालय सदस्य हिमा खराललाई सिफारिस गरेको छ ।

यस्तै जनजाती कलष्टरतर्फ गण्डकी प्रदेश कमिटि सदस्यहरु भीम प्रसाद शेरचन (सुनिल) र सञ्जय कुमार श्रेष्ठ, जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव अमर बहादुर थापा र जिल्ला सचिवालय सदस्य सम्पन्न श्रेष्ठ सिफारिस भएको प्रदेश कमिटि सचिव दवाडीले जनाउनु भएको छ ।

यस्तै दलित कलष्टरमा संघीय निर्वाचनका लागि केन्द्रीय सल्लाहकार परिषदका सदस्य तिल बहादुर विश्वकर्मा र गण्डकी प्रदेश कमिटि सदस्य बाबुराम नेपाली सिफारिस हुनु भएको छ । क्षेत्र नं. २ (ख) बाट गण्डकी प्रदेश कमिटिका सदस्य टंक पौडेल, जिल्ला कमिटि उपाध्यक्ष लक्ष्मण पुन र निसीखोला गाउँपालिका कमिटिका सदस्य लक्ष्मी सेन सिफारिसमा पर्नु भएको एमाले गण्डकीले जनाएको छ ।

यस्तै प्रदेशसभातर्फ समानुपातिकमा खस आर्य कलष्टरमा केन्द्रीय सल्लाहकार परिषदका सदस्य मोहनलाल शर्मा, गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण पाठक, गण्डकी प्रदेश कमिटि सदस्यहरु गिता शर्मा, टेक बहादुर केसी, हुमा कुमारी जि.सी.(अञ्जु), धनिश्वर पौडेल, रत्ना भण्डारी र विश्व गौतम, जिल्ला कमिटि सदस्यहरु यमुनादेवी पौडेल र रुपा कुमारी पौडेल तथा गल्कोट नगरपालिका कमिटिका उपाध्यक्ष तिला केसी सिफारिसमा पर्नु भएको छ ।

प्रदेशसभाका लागि समानुपातिकतर्फ जनजाती कलष्टरबाट पोलिटव्यूरो सदस्य लिला बहादुर थापा मगर, गण्डकी प्रदेश कमिटि सदस्य अमरसिंह घर्ति, जिल्ला सचिवालय सदस्यहरु बिना कुमारी थापा र करमती पुन, पूर्व जिल्ला कमिटि सदस्य लालविर लोप्चन, जिल्ला कमिटि सदस्य धन प्रसाद बुढा सिफारिसमा पर्नु भएको छ ।

दलित कलष्टरमा केन्द्रीय सदस्य गोविन्द बहादुर नेपाली, जिल्ला सचिवालय सदस्य सरस्वती खड्का परियार, जिल्ला कमिटि सदस्यहरु छेला नेपाली र तिल बहादुर कामी सिफारिसमा पर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *