पुस भित्रै आउला त काठेखोलाको पानी ?


खेमराज गौतम, बागलुङ

अशुद्ध र अप्रयाप्त खानेपानीको समस्या भोग्दै आएको बागलुङ बजारबासीले पुस भित्रै शुद्ध खानेपानी पाउने भएका छन् । वर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दुषित पानी वितरण भइरहदा यहाँका नागरिकहरु खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् ।

अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिका स्थित रेश र लेखानी खोलाबाट ल्याइदै आइएको छ । तर टाढाबाट पानी ल्याउदा पहिरोका कारण पानीको वितरण समेत अनियमित हुँने र वर्खाको समयमा हप्तौ सम्म बागलुङ बजारमा खानेपानी वितरण नहुँदा बागलुङ बजारमा हरेक वर्ष खानेपानीको हाहाकार हुँदै आएको छ ।

अहिले वितरण भइरहेको खानेपानीको प्रशोधन गृह छैन सोही कारण सोझै मुहानको पानी वितरण गर्दा पानीमा कोलिफर्म भेटिरहने परिक्षणका क्रममा पाइएको छ ।

बागलुङ बजारको खानेपानी समस्या आजको भने हैन, वर्षौ देखि बागलुङ बजारमा खानेपानीको समस्या देखिदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना २०७५ असार देखि निर्माण थालिएको हो । आयोजनाले बजारमुनी रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेछ ।

ढिलोगरी निर्माण भइरहेको लिफ्ट खानेपानी आयोजनाको काम पछिल्लो समय दु्रत गतिमा छ । बागलुङ नगर खानेपानीको नयाँ लिफ्ट आयोजना सम्पन्न संगै शुद्धिकरण गरेको पानी वितरणको तयारीमा नगर खानेपानी छ । पुस महिनामा परिक्षणको पानी बागलुङ बजारमा पु¥याउने निर्माण व्यवसायीको लक्ष्य रहेको छ ।

अहिले पूर्वाधारको काम सम्पन्न भइसकेको र मोटर जडानका लागि विद्युतीकरण गर्ने काम भइरहेको निर्माण व्यवसायीको तर्फका इन्जिनियर बिक्रम अधिकारीले बताउनुभयो । “थप गरेको म्याद माघ मसान्त सम्म मात्रै छ, लगभग श्रमीकको काम सम्पन्न भइसकेको छ, अभको काम भनेको प्राविधिकको काम मात्रै छ, पानीको पाईपलाईन विस्ताको तयारी छ भने विद्युतका लागि ट्रान्सफर्मर आइसकेको र विद्युत लाईन समेत विस्तारको काम भइरहेको छ” उहाँले भन्नुभयो “हाम्रो आउन बाँकी सामाग्री भनेको मोटर मात्रै हो, मोटर जोड्नका लागि कात्तिक सम्म समय लाग्ला त्यसपछि भनेको पानी तान्ने प्रकृयाामा जान्छौं ।”

मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफरर्मर समेत आइसकेको छ । काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीको भनाईमा आयोजनाको प्रगती ८५ प्रतिशत पूरा भएको छ ।

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । अधिकतम प्रयास गर्दा समेत बागलु बजार बासीलाई बितरण गरेको पानीमा केही सुधार आएपनि शुद्धिकरण नै गरेको पानी नयाँ आयोजना सम्पन्न नहुँदा सम्म खुवाउन समस्या हुँने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमाल प्रसाद शर्माले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–३ काठेखोलामा निर्माणाधीन खानेपानी आयोजनाको काम निर्माण सुरु भएको चार वर्षमा बल्ल अन्तिम चरणमा पुगेको हो । नगरपालिकामा चौबीसै घण्टा शुद्ध खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय साझेदारीमा चार वर्ष अघि आयोजना सुरु भएको थियो ।

दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते रु. ३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना र आयोजना निर्माण स्थलमाको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाई भएको निर्माण व्यवसायीको भनाई छ ।

काठेखोलाको पानी पाँचवटा समवेयल मार्फत आयोजना स्थलमा खानेपानी सङकलन र प्रशोधन पश्चात बागलुङ कजार माथीको खानेपानी रातमाटा पु¥याइने छ । बागलुङ बजारमा काठेखोला गाउँपालिकाको रेश, भूदी र रिठेखोलाको पानी वितरण हुँदै आएको छ । नगरपालिकाको जनसंखया वृद्धि भएपछि खाने पानीको समस्या बढ्दै जाँदा काठे खोलाको पानी लिफ्टमार्फत तानेर प्रशोधन गरी वितरण गर्ने उद्देश्य यस आयोजनाको छ ।

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगर खानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *