स्वामी आनन्द अरुणद्वारा बागलुङमा सत्संग प्रवचन हुँने


आदर्श अनलाइन, बागलुङ

ओशो तपोवनका संस्थापक आध्यामिक गुरु बोधिसत्व स्वामी आनन्द अरुण बागलुङ आउने हुनुभएको छ । ओशो अमृतम ध्यान केन्द्र बागलुङले आयोजना गरेको जीवनोपयोगी आध्यामिक सत्संग कार्यक्रममा प्रवचनका लागि उहाँ सोमबार दिउँसो बागलुङ आउने कार्यक्रम तय भएको छ ।

भगवान ओशो रजनीशबाट ज्ञान प्राप्त गरी बोधिसत्व प्राप्त गरेका स्वामी आनन्द अरुणलाई बागलुङमा ल्याएर सत्संग कार्यक्रम गर्न लागिएको ओशो अमृतम ध्यान केन्द्र बागलुङकी सञ्चालिका ज्योत्सना शाक्यले बताउनुभयो । उहाँले सबैलाई जिवनउपयोगी प्रवचनका लागि कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभएको छ । ‘स्वामी आनन्द अरुण भगवान ओशोबाट ज्ञान लिएर बोधिसत्व प्राप्त गर्नुभएको पहिलो र एक मात्र स्वामी हुनुहुन्छ, उहाँलाई सुन्न र भेट हुनका लागि विभिन्न देशबाट आउने गरेका छन्,’ उहाँले भन्नुभयो ‘उहाँको मुखारवृन्दबाट आध्यात्मिक र जीवनोपयोगी प्रवचन कार्यक्रम हामीले बागलुङमै आयोजना गरेरका छौं, यो बागलुङका लागि ठूलो कुरा हो ।” असोज ३ गते सोमबार उहाँ बागलुङको राधाकृष्ण मन्दिरको सभाहलमा आउँदै हुनुहुन्छ ।
ओशो रजनीशले प्रतिपादन गरेको सन्यासी हुनु भनेको भौतिक काम र दुनियाँबाट टाढा हुनु होईन भन्ने दर्शनलाई स्वामी आनन्द अरुणले प्रचार प्रचार गरिरहेको उनको भनाई छ । भौतिक सुख सुविधा त्यागेर कुटीमा बस्नु मात्रै सन्यासी होईन भन्ने ओशो रजनीशले भन्नुभएको छ भने आफ्नो जिवन, कर्म र ध्यान संगसंगै लैजान सकिने छ ।

ओशोका हामी अनुयायीहरु मान्दै आएका स्वामी आनन्द अरुण जिल्लामा आउनु ध्यानप्रेमीहरुका लागि सबैभन्दा ठूलो कुरा भएको आशो सन्यासीहरुले बताएका छन् ।

सन्यासी हुनु भएको मनले सत्मार्गमा लाग्नु हो । तपाई मनबाट सन्यासी हुनुभयो भने तपाईले जे काम गर्नुहुन्छ तपाईको जे पेशा हो त्यो पेशा गर्दा गर्दै पनि सन्यासी बन्न सक्नुहुन्छ । ज्ञान र ध्यानलाई एक साथ जोडेर अगाडि लैजानुपर्छ भन्ने ओशोको मान्यतालाई नेपाल र नेपाल बाहिर पनि प्रचार गर्ने काममा स्वामी अरुणले थुप्रै काम गरेको उनको भनाई छ ।

संसारभरका एक लाख ३० हजार बढि व्यक्तीलाई ध्यान र ज्ञान प्रदान गरेर सत्मार्गका लाग्न स्वामी आनन्द अरुणले प्रेरित गरेको गरीसक्नुभएको छ । भौतिक र आध्यात्मिक दुवै क्षेत्रको समन्वय एवं योग र ध्यान मार्फत जीवनको सकारात्मक रुपान्तरणका लागि बागलुङमा आम व्यक्तिहरुलाई प्रेरित गर्नका लागि स्वामी आनन्द अरुणलाई बागलुङ बोलाईएको हो ।

असोज ३ गते बागलुङ नगरपालिका—३ राधाकृष्ण मन्दिरको सभाहलमा दिनको १२ बजेदेखि दुई घण्टासम्म बोधिसत्व स्वामी आनन्द अरुणको सत्संग कार्यक्रम हुने उहाँको भनाई छ । बागलुङका सबै आम नागरिकदेखि विभीन्न ओहोदाका व्यक्तिहरुले उक्त सत्संगमा भाग लिन सक्ने बताईएको छ । स्वामी आनन्द अरुणलाई सोमबार बिहान १० बजे मालढुङ्गाबाट मोटरसाईकलले स्कटिङ गरेर ल्याउने र यहाँको नेवारी संस्कृति भेषभुषा र संस्कारले स्वागत गरिने कार्यक्रम तय गरिएको छ ।
स्वामी आनन्द अरुण पेशाले सिभिल ईन्जिनियर हुन् । स्वामी आनन्द अरुण स्वामी सुरु गरेको जन्मदिनमा हरेक व्यक्तिले कम्तीमा पाँच वटा रुख रोप्ने अभियान अहिले वाताबरण संरक्षणका लागि महत्वपूर्ण शिक्षा बनेको छ । राधाकृण मन्दिरको सभाहलमा करिब पाँच सय जना सहभागी अट्नेगरी कार्यक्रमको व्यवस्थापन मिलाईएको आयोजक ओशो अमृतम ध्यान केन्द्र बागलुङकी अध्यक्ष लिलादेवी खड्कोले जानकारी दिनुभयो ।

सत्संग सकिएपछि उनलाई यहाँको धार्मिक पर्यटकीय क्षेत्रहरुको भ्रमण गराउने समेत योजना रहेको सञ्चालिका शाक्यले बताईन् । आनन्द अरुणलाई बागलुङ नगरपालिका—४ कुँडुलेको शालिग्राम संग्रहालय, बागलुङ कालिका मन्दिरमा भ्रमण गराउने आयोजकको लक्ष्य रहेको छ । स्वामी आनन्द अरुणको प्रत्यक्ष निगरानीमा अहिले देशभर एक सय बढि ध्यान केन्द्र र ६ वटा आश्रमहरु सञ्चालनमा रहेको बताईन्छ । स्वामी आनन्द अरुणले विश्वका ३० बढी देशमा समेत ओशो ध्यान केन्द्रमा सञ्चालनमा ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *