बागलुङमा एक वर्षमै स्याउ फल्यो : दंग किसान


खेमराज गौतम, बागलुङ

बागलुङको निसीखोला गाउँपालिका–५ मस गाउँका ७३ वर्षका जुम बहादुर बुढाथोकी मगरले २०४८ सालमानै परम्परागत तरिकाले स्याउका विरुवा लगाउनुभएको थियो । उहाँले मस गाउँमा रहेको १५ रोपनी जग्गा मध्ये केही जग्गामा मात्रै लगाउनुभएको स्याउखेतीले स्याहार पाएन । शसस्त्र माओवादी द्वन्द्वका कारण उहाँको परिवार बुटवलमा स¥यो ।

१० वर्षमा उहाँले लगाएका स्याउका विरुवा मासिए, नेपाल प्रहरीको जागिरे रहेका बुढाथोकी मगरले २०५८ सालमा अवकासपछि उहाँको स्याउ खेति प्रतिको रुची घटेको थिएन । स्याउ खेतीका विषयमा जागिरे जीवनको समयमै विभिन्न स्थानमा सेवा गर्दा थाहा पाइसक्नुभएका मगरले जनआन्दोलनपछि परम्परागत रुपमै स्याउ खेती थाल्नुभएको थियो । तर स्याउको राम्रो उत्पादन हुन नसक्दा मगरको मात्रै हैन मगर संगै निसेलढोर र ढोरपाटनका किसानहरु स्याउखेति भन्दा आलुखेति तर्फ अग्रसर भइरहेका थिए ।

उहाँले आफ्नो व्यक्तिगतरुपमा ढोरपाटन स्याउ फर्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राख्नुभएको छ । उहाँको १५ रोपनी जग्गा मध्ये ८ रोपनी जग्गामा स्याउ खेतीका लागि तयारी अवस्थामा राख्नुभएको छ । उहाँले ५ रोपनी जग्गामा नयाँ २२० विरुवा र पुराना ५० वटा स्याउका विरुवा छन् ।

ढोरपाटन क्षेत्रमा हिमपात संगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसानहरु व्यवसायिक उत्पादनमा अग्रसर भएका थिएनन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षाकातकारण व्यवसायीक स्याउखेती गर्न कठिन देखाएको थियो । तर कृषि ज्ञान केन्द्रको पहलमा इटालिबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको विरुवा ढोरपाटनमा परिक्षणका लागि मात्रै लगाइएको थियो । परिक्षणका लायल लगाएको स्याउखेती एक वर्षमै सफल बनेको पाइएको छ । सानो बोटमा धेरै स्याउ फल्ने गरी विकास गरिएको इटालियन प्रजातिको स्याउले एक वर्षबाटै उत्पादन दिन थालेपछि ढोरपाटन क्षेत्रको हावापानीमा उक्त स्याउको परिक्षण सफल भएको ढोरपाटन स्याउ ब्लकका अध्यक्ष समेत रहनुभएका जुम बहादुर बुढाथोकी मगरले बताउनुभयो ।

“मैले स्याउ खेतीगर्न थालेको धेरै भयो, तर परम्परागत स्याउ फष्टाउन सकेन तर एक वर्ष अघि मात्रै लगाएको इटालीएन प्रजातिको स्याउको बिरुवामा स्याउ फलेको छ, अहिले एक सय २० विरुवा लगाइसकेको छु, एक वर्ष अघि लगाएका सय बोट मध्ये २१ बोटमा स्याउ फलेको छ” मगरले भन्नुभयो “यहाँका किसानले परम्परागत तरिकाले लगाइएका स्याउको उत्पादन हावापानी अनुसार राम्रो उत्पादन नहुदा समस्या थियो, अहिले उक्त नयाँ प्रजातीको स्याउका विरुवा अनुदानमा प्राप्त गरेका छौं, यहाँका किसानहरुले एक वर्षमै स्याउ फल्दा दंग परेका छन् ।”

बागलुङको ढोरपाटन क्षेत्रमा परम्परागत तरिकाले स्याउ खेती गर्न थालेको बर्षौ भएपनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको विरुवानै उत्कृष्ट देखिएको छ । ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निशेलढोर, मस लगायतको स्थानमा परम्पराकाल देखिनै फ्याट्ट फुट्ट स्याउ खेती हुने गरेपनि त्यसले व्यावसायिकता पाउन थिएन ।
आर्थिक वर्ष २०७५÷७६ र २०७६÷०७७ सालमा ढोरपाटन नगरपालिका–९ र निसीखोला गाउँपालिका–५ लाई मसेटिएर ढोरपाट स्याउ ब्लक कार्यक्रम समेत चलाएर यहाँका किसानहरुलाई स्याउ खेतिप्रति जागरुक बनाइएको थियो । ढोरपाटन क्षेत्रमा उक्त इटालियन प्रजातिका एक हजार ११५ विरुवा यहाँका किसानहरुलाई वितरण गरिसकेको र एक वर्षमै उत्पादन दिन शुरु गरेपछि किसानहरु खुसी भएका छन् ।

ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यकाका किसान राम बहादुर घर्तीले समेत १८१ वटा विरुवामा केही विरुवामा एक वर्षमै स्याउ फल्न थालेको बताउनुभयो । यस्तै ढोरपाटनको जीवन पुनले उक्त प्रजातीको ११६ विरुवा लगाउनुभएको छ । उहाँले परिक्षणका लागि लगाइएका १६ बुटाको हुर्काइ राम्रो देखेपछि थप एक सय विरुवा लगाउनुभएको हो ।

ढोरपाटन स्याउ ब्लकका अध्यक्ष जुम बहादुर बढा मगरले यो वर्ष ढोरपाटनका स्याउ लगाउन इच्छुक किसानहरुलाई कृषि ज्ञान केन्द्र मार्फत चार हजार ५०० विरुवा माग गर्नुभएको छ । यो वर्ष ढोपाटनका किसानहरुले अनुदानमा पाइने विरुवालाई उच्च प्राथमिकतामा राखेर माग गर्नुभएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिनुभयो । “छिटो फल्ने, थोरै जग्गामा धेरै विरुवा लगाउन सकिने र अधुनिक प्रजातीका स्वादिलो स्याउ फलाउन सकिन्छ” भट्टराईले भन्नुभयो “ढोरपाटन, निशेलढोर, तमानको उच्च भाग र जैमिनीको उच्च भागबाट समेत उक्त स्याउको विरुवाको माग भएको छ, स्याउ किसानहरुको उत्साहलाई ज्ञान केन्द्रले मनन् गरेको छ, बागलुङको हावापानीमा इटालिबाट ल्याएको विरुवा राम्रो संग हुर्किएर फल दिएको छ ।” उक्त विरुवा खरिद गर्दै डेढ देखि दुई मिटर सम्म अग्लो हुन्छ ।

ढोरपाटन क्षेत्रको हावापानीमा इटालियन प्रजाति अन्र्तगतका चार प्रकारका आधुनिक स्याउको परिक्षण सफल भइसकेकाले व्यवसायीक उत्पादन बढाउनका लागि किसानलाई पहिलो वर्ष ५० र अहिले ७५ प्रतिशत अनुदानमा विरुवा दिन थालिएको बताउनुभयो । इटालीयन प्रजातिको एउटै विरुवाको बजार मुल्य एक हजार २०० रहेको छ भने अहिले ७५ प्रतिशत अनुदानमा विरुवा वितरण गर्दा समेत किसानको लागत प्रति विरुवा रु. ३०० पर्ने गरेको छ ।

परम्परागत रुपमा लगाइएको स्याउको बोटले तीन वर्ष देखि चार वर्ष सम्ममा मात्रै उत्पादन दिन थाल्ने गरेकोमा इटालिबाट ल्याइएको आधुनिक प्रजातिको स्याउले एक वर्षमै उत्पालन दिन थालेपछि यहाँका स्याउ किसानहरु हर्षित भएका छन् । उक्त विरुवाको मनाङ र मुस्ताङमा सेमत उच्च माग रहेको छ । थोरै स्थानमा धेरै स्याउ छोटो समयमै फलाउनका लागि इटालियन स्याउको विरुवा उपयुक्त छ । छुट्टा छुट्टै स्याउखेती गर्दा तारबार र पर्खालमा धेरै लागत लाग्ने भएकाले सामुहिक रुपमानै स्याउ खेती गर्ने अभियानमा निशेलढोर र ढोरपाटनका किसानहरु अग्रसर भएका छन् । स्थानीय जागतको स्याउलाई हाइब्रिड गरेर उक्त प्रजातीको स्याउका विरुवा उत्पादन गरिएको हो । लगाएको एक वर्षमा फल्न थाल्ने उक्त इटालीयन प्रजातिको स्याउ शुरुमा १० देखि शुर भएर बयस्क रुखमा ८० केजी सम्म फल्ने गर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *