ध्यान र योगमा बढ्दो आकर्षण

आदर्श अनलाइन, बागलुङ

पछिल्लो समय आध्यात्मिक योग र ध्यानप्रति नागरिकको आकर्षण बढ्दो छ । ओशो सन्यासी, पतन्जली योग तथा आयुर्वेद औषधालय अन्र्तगत पछिल्लो समय बागलुङमा ध्यान, योग र साधना अभियान सञ्चालित छ ।

दुई जनाबाट शुरु भएको ओशो अमृतम ध्यान केन्द्र बागलुङमा अहिले १०० जना भन्दा बढी ओशो सन्यासीहरुले ध्यान, योग र साधना गरिरहेका छन् । यस्तै धौलागिरी आयुर्वेद औषधालय बागलुको सभाहलमामा अहिले नियमित योग कक्षा सञ्चालन भइरहेको छ भने उक्त योग कक्षा जुम मार्फत घरमै बसेर समेत गर्न सकिने छ ।

यस्तै पतन्जली योग समिति बागलुङद्वारा राधाकृष्ण मन्दिरको सभाहलमा प्रत्येक विहान योग तथा ध्यान कक्षा सञ्चालनमा आइरहेको छ । योग तथा ध्यानले मनको तनाव हटाएर मानिसलाई आनन्द लिदाउने र शारिरिक रुपमा स्फूर्ती ल्याउने भएकाले पछिल्लो समय बागलुङमा योग, ध्यान र सानधाप्रतिको आकर्षण बढिरहेको धौलागिरी आयुर्वेद औषधाल बागलुङका डा. सरोज रायले बताउनुभयो ।

“हामीले झण्डै एक वर्ष देखि योग कक्षा चलाई राखेका छौं, दैनिक २० देखि २५ जनाले योग शिक्षा लिइराख्नुभएको छ, कतिपय विरामीलाई हामीले एक हप्ताको योग शिक्षा दिएर घरमै गर्न लगाएका छौं, योग पछि अस्पतालमा आएका विरामीहरुले सकरात्मक प्रभाव पारेकोे छ” डा. रायले भन्नुभयो “कोरोना समयमा हामीले जुम मार्फत समेत योग शिकाएका थियौ, अहिले हाम्रो ध्यान अस्पतालमा विभिन्न समस्या लिएर आएका विरामीहरुलाई योग कक्षा सिकाएर पठाउने गरेका छौं, जिल्लामा ओशो अमृतम तथा पतन्जली योग लगायतले समेत योग तथा ध्यान गराउदै आउनुभएको छ, पछिल्लो समय योग र साधनाको फाइदाका विषयमा नागरिकले थाहा पाएपछि आकर्षण बढ्दै गएको हो ।”

डा. रायका अनुसार शारिरिक रोगबाट मुक्ती, शरिरको आत्मवल बढाउने, मानसिक रोग मुक्त, अनिद्रा, माङ्सापेशीलाई तन्दुरुस्त बनाउने, ग्यास्ट्रीक लगायतको रोगबाट निदान पाउन सकिन्छ । योगका आठ स्तम्भ मध्येको ध्यानलाई समेत बागलुङमा महत्वपूर्ण रुपमा लिदै आइएको छ ।

मानिसहरुले घरमै युट्युब हेरेरै भएपनि योग तथा ध्यान गरिरहेको पाइएको छ । यस्तै योग, आध्यात्म र स्वास्थ्यलाई एकैसाथ अंगालेको ओशोको पछिल्लो समय सन्यासी बन्नेहरुको बागलुङमा समेत लहरै आएको छ जस्ले ध्यानका माध्यमबाट तनाव र कुण्ठा मुक्त बनाएर जीवनलाई सरलिकृत बनाइरहेको छ । जिल्लामा दुईजनाबाट शुरु भएको ओशो ध्यान अभियानमा अहिले सय जना भन्दा बढी नागरिकहरु जोडिनु भएको छ । ओशो अमृतम ध्यान केन्द्र बागलुङमा अहिले नियमित ध्यान हुँने गरेको छ भने ओशोका भक्तहरुले नियमित ध्यान गर्नुपर्ने नियमै रहेको छ ।

ओशो तपोवनका संस्थापक आध्यामिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणको मार्गमा दिनमा २४ घण्टा मध्ये एक घण्टा ध्यानलाई छुट्टाउने गरेको ओशो अमृतम ध्यान केन्द्र बागलुङका सञ्चालिका ज्योत्सना शाक्यले बताउनुभयो । उहाँले अबको सयम सन्यासी बनेर मागेर हिड्नुपर्दछ भन्नेखालको नरहेर एउटा सन्यासीले बाडेर खानु पर्दछ भन्ने मान्यताका साथ ओशो सन्यासीहरु आर्कषित भइरहको बताउनुभएको छ ।

“आशो सन्यासीहरुले काम छोड्नु, अध्ययन छोड्नु र पेशा व्यवसाय छोड्नु भन्दैनौ, हामी आफ्नो पेशा व्यवसायमा कटिबद्ध रहदै देशलाई आर्थिक विकासमा अगाढी बढाउन र बातावरण जोगाउन सहयोग गर्ने हाम्रो उद्देश्य हो, २४ घण्टाको समयमा जम्मा एक घण्टा ध्यान, योग र प्राणयमलाई दिनसके जीवन निकै आनन्दमय भएको आभाष हुनेछ,” शाक्यले भन्नुभयो “भौतिक सुख सुविधा त्यागेर कुटीमा बस्नु मात्रै सन्यासी होईन भन्ने ओशो रजनीशले भन्नुभएको छ भने आफ्नो जिवन, कर्म र ध्यान संगसंगै लैजान सकिन्छ भन्ने मान्यताका साथ ओशो प्रेमिहरु बढ्दै गइरहेका छन् ।”

नेपालमा योग तथा ध्यान केन्द्रहरु समेत खोल्ने कार्यले तिब्रता पाएको छ । पछिल्लो समय बातावरण विग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै ओशो सन्यासीहरुले ध्यानमा मात्रै जोड नदिएर आफ्नो जन्मदिनमा प्रत्येक वर्ष पाँच वटा रुख रोप्ने नियम रहेको बताउनुभयो ।

आफ्नो मनमा भएको कुण्ठा, लोभ तथा तनावका कारण मानिसहरुले अमुल्य जीवनलाई बर्वाद पारिरहेको सन्र्दभमा ध्यान र योगका माध्यमबाट आफूहरुलाई खुसी राख्न सकिने ध्यान तथा योग प्रेमहिरुले बताउदै आएका छन् ।

संसारभरका एक लाख ३० हजार बढि व्यक्तीलाई ध्यान र ज्ञान प्रदान गरेर सत्मार्गका लाग्न स्वामी आनन्द अरुणको प्रेरणाबाट बागलुङमा पछिल्लो समय ध्यान र योग प्रति आकर्षण बढिरहेको लिला खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *