अरिङ्गालले टोकेर बागलुङमा एकको मृत्यु

आदर्श अनलाइन, बागलुङ

बागलुङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–७ जैदिका ४३ वर्षका ज्ञान बहादुर रानाको अरिङ्गालले टोक्दा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।

रातको समयमा घर नजिकैको जंगलमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भिर घाइते हुनुभएका स्वास्थ्यचौकीमा सामान्य उपचार पछि घर फर्काइएको र आज बिहान घरमै उहाँको मृत्यु भएकोे प्रहरीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *