बागलुङ नगरका ठेला र पोके व्यवसाय हटाइदै

आदर्श अनलाइन, बागलुङ

बागलुङ बजारमा अव्यवस्थित रुपमा सञ्चालनमा ल्याइएका ठेला र पोके व्यवसायन गर पालिकाले हटाउने भएको छ । अनुमति बिना बागलुङ कजारको चोक चोकमा राखिएका ठेलाका तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

ठेला र पोके व्यापारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या आउनुका साथै घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीहरुलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले एक महिना भित्र बागलुङ बजार क्षेत्रमा तरकारी फलफुल र चनाचटपट लगायतका ठेलामा व्यवसाय गर्ने र झोलामा कपडा लगायतका सामाग्री बोकेर घर घरमा डुल्ने पोके व्यापारीहरुलाई हटाउने निर्णय गरेको हो ।

“एउटाले ५० हजार भाडा तिरेर सटरमा फलफुल व्यवसाय गर्छ, नगरपालिकालाई कर समेत तिर्छ तर उसैको अगाडी सडकमा ठेला व्यवसायले धमाधम फलफुल विक्रि गर्दछ, उस्को व्यवसाय न दर्ता हुन्छ न कर नै तिर्दछ” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “पोके व्यापारीले सामान घरमै पु¥याउछ सामानको टिकाउ नभए कहाँ जाने, पसलमा सामान राखेको व्यापारी भएत समाउन सकिन्छ त्यसैले ठेला र पोके व्यवसाय हटाउने भनेका छौं, एक महिना भित्रै आफै हट्न भनेका छौं, नहटे नगरले हटाउछ ।”

नगरपालिकाले बजार भन्दा बहिरबाट खरिद गरेर गाउँगाउँमा विक्रि वितरण गरेका पोके व्यवसायीलाई पनि कुनै उचित स्थान खोजेर भाडामा व्यवसाय संचालन गर्न नगरपालिकाले आग्रह गरेको छ ।

बजार क्षेत्रमा चनाचटपट, फलफुल तथा तरकारी लगायतका व्यवसाय गरेर हिड्ने व्यवसायीलाई सटर भाडामा लिएर व्यवसाय संचालन गर्न एक महिना भित्र नगरपालिकाले आग्रह गरेको छ ।

बागलुङ बजारका व्यवसायीहरुले राज्यलाई कर तिरेर महङ्गो भाडा तिरेर गरेको व्यवसाय पोके र ठेला व्यापारीका कारण धरासायी बनेको पटक–पटक गुनासो आएपछि नगरपालिकाले ठेला र पोके व्यापारी हटाउन थालेको हो । बागलुङ बजारमा एक सय भन्दा बढी बिना दर्ताका ठेला व्यापारी रहेको नगरपालिकाको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *