जिप दुर्घटनामा ८ जनाको मृत्यु

फाइल तस्बिर

आदर्श अनलाइन, सल्यान
सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ ।

जिप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जिपमा ९ जना सवार रहेका थिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *