बागलुङका चार वटै प्रदेशमा काँग्रेसका उम्मेदवारको टुंगो लाग्यो

आदर्श अनलाइन, बागलुङ

नेपाली कांग्रेसले प्रदेशसभा तर्फ बागलुङका चार वटै क्षेत्रमा उम्मेदवारको टुंगो लागेको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा दिपेन्द्र थापा र ‘ख’ मा डिल्लीराम सुवेदीको उम्मेदवारी टुंगो लागेको बताईएको छ ।

निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ मा जित बहादुर शेरचन र ‘ख’मा द्रोण कुमार कुँवरलाई टुंगो लागेको हाे । आईतबार नै मनोनयनको दर्ता समय रहेता पनि काँग्रेसले ढिलो गरी उम्मेदवार टुंगाएको थियो । प्रदेश सभा ‘क’ का उम्मेदवार थापा नेपाली काँग्रेस बागलुङका निवर्तमान सभापति हुन । उनी अघिल्लो प्रदेश सभाको निर्वाचनमा पनि यसै क्षेत्रबाट उम्मेदवार भएका थिए । प्रदेश सभा ‘ख’का उम्मेदवार सुवेदी नेपाल विद्यार्थी संघको राजनिति हुँदै काँग्रेसको राजनितिमा सक्रिय भएका हुन ।

उनी काठमाण्डौको शिक्षा क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका थिए । १३औं महाधिवेशनमा काँग्रेसको महाधिवेशन प्रतिनिधि भएका सुवेदी १४औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि भएका हुन ।  

क्षेत्र नं. २ ‘क’  का उम्मेदवार शेरचन नेवि संघको राजनितिबाटै पार्टिको राजनितिमा सक्रिय भएका हुन । उनि नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति हुन । उनि अघिल्लो प्रदेश सभाको निर्वाचन र उपनिर्वाचनमा क्षेत्र नं. २ प्रदेश ‘ख’ बाट दुई/दुई पटक उम्मेदवार भएका थिए । क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार कुँवर नेविसंघ राजनितिबाट पार्टीको राजनितिमा सक्रिय भएका हुन । नेपाली काँग्रेसको क्षेत्रीय सभापति भएका कुँवर हाल काँग्रेस महाधिवेशन प्रतिनिधि हुन । 

पाँच दलिय गठबन्धनमा बागलुङका दुवै वटा प्रतिनिधि सभा क्षेत्र काँग्रेसको भागमा नपरेपछि चार वटै प्रदेश सभा काँग्रेसले लिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *