बेमौसमी वर्षाले बागलुङका किसानलाई नोक्सानी

आदर्श अनलाइन, बागलुङ

बेमौसमी वर्षाका कारण यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पु¥याएको हो ।

कृषि ज्ञान केन्द्र बागलुङमा आएको जानकारी अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबी खेतीमा क्षती पु¥याएको छ ।

यस वर्ष ६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको अनुमान छ भने बेमौसमी पानीका कारण धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइले जानकारी दिनुभयो ।

“हामीले सबै पालिकामा लगाताको वर्षाले पु¥याएको क्षतिको विवरण संकलन गर्न भनेका छौं, कृषि मन्त्रालयले समेत क्षतिको विवरण पठाउन ताकेता गरेको छ” भट्टराइले भन्नुभयो “हाल सम्म निसीखोलाको कागती र किबी खेतीमा क्षती पु¥याएको छ भने राम्रो धान बाली हुने क्षेत्रमा केही धानहरु ढलेको पाइएको छ, तर यति नै धान बालीमा नोक्सानी भन्ने तथ्याङक आइसकेको छैन ।” भट्टराइका अनुसार यस वर्ष धान ढिलो रोप्नाले कम क्षती भएको बताउनुभयो । उहाँले पाक्न थालेको र सुकाएको धानमा पानी पर्दा बढी नोक्सानी हुने बताउदै अहिले ढलेको धानमध्ये केही भाग मात्रै धान उत्पादनमा कमी आउने छ ।

निसीखोला गाउँपालिका–४ स्थित तुल्सीराम रेग्मीको किबी फर्ममा बाढी पसेर क्षती पु¥याएको छ भने निसीखोलाकै रमिलाल क्षत्रीको कागतीको बगैचा बगाएको छ । उहाँहरुलाई क्षतिको विवरण संकलन गरेर प्रमाणित भइसकेपछि पठाउन भनिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस्तै बागलुङको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, बागलुङ नगरपालिकाको केही क्षेत्रमा धानबाली पानीले ढलाएको छ । अहिलेको धानबालीमा पानीले फाइदा पु¥याउने भएपनि अत्याधिक वर्षाका कारण धान ढलेको कृषकहरुले बताएका छन् ।

बागलुङको दक्षिणि क्षेत्र जैमिनी नगर पालिका र बरेङ गाउँ पालिकामा लगातार परेको वर्षका कारण हिउँदे बालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । लगातार परेको अबिरल वर्षाको कारण बाला पसाउन लागेको धान र कोदो बाली तथा तरकारीहरु सिमी, बोडी, वन्दा र काउली लगायतका तरकारीमा नोक्सानी पु¥याएकोे जैमिनी १० किटेनीका कृषक नर बहादुर छन्त्यालले बताउनुभयो ।

बाली पाक्ने समयमा पानीले नोक्सानी हुँदा उत्पादन घट्ने चिन्तामा किसान छन् । बागलुङ बजारको भेलचौरको फाँटमा धान खेती ढलेर क्षती पु¥याएको किसान जगन्नाथ सापकोटाले बताउनुभयो ।

पसाउन थालेको धान ढलेपछि धान उत्पादनमा पाँच प्रतिशत कमी आउने अनुमान कृषि ज्ञान केन्द्रको रहेको छ । कृषि ज्ञान केन्द बागलुङका अनुसार अहिले धान उत्पादन बढाउनका लागि धान खेती थप भएको र पानीले नोक्सानी नपु¥याएको स्थानमा धान उत्पादनमा बृद्धि हुने छ भने धान ढलेको क्षेत्रमा उत्पादनमा कमी आउने छ ।

बागलुङमा गत वर्ष पाँच हजार ८५० हेक्टर जमीनमा धान खेती भएको थियो भने यो वर्ष ६ हजार हेक्टर जमिनमा धान खेती गरिएको छ । कुडुँले फाँट, जैमिनीको केही भाग, बरेङको केही धानबाली क्षेत्र, मुलपानी र गलकोट लगायतको क्षेत्रमा धानबालीमा नोक्सानी पु¥याएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *