नवौं राष्ट्रिय खेलकुद : बागलुङमा आजदेखि आइटिएफ तेक्वान्दो प्रतियोगिता


आदर्श अनलाइन, बागलुङ

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आजदेशि बागलुङमा आइटिएफ तेक्वान्दो प्रतियोगिता आयोजना हुँदैछ ।

असोज २९ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत बागलुङमा हुन गइरहेको आइटिएफ तेक्वान्दो प्रतियोगिताको तयारी पुरा भएको स्थानीय आयोजक बागलुङ नगरपालिकाले जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ खेलको प्रतिस्प्रधा बागलुङमा गर्न थालिएको छ । अहिले बागलुङमा सबै खेलाडी आइसकेको बागलुङ नगरपालिका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

बागलुङ बजारको बाङ्गेचौर खेल मैदान स्थित कर्वड हलमा आयोजना गर्न थालिएको नवांै राष्ट्रिय आइटिएफ खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ भने खेलाडी र रेफ्रि आइसकेका छन् ।
प्रतियोगिताकालाई भव्य बनाउन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरेर तयारी पुरा गरेको छ । आज बागलुङ बजारको नारायण चोकदेखि बाजा, गाजा र विभिन्न झाँकी सहित बाङ्गेचौर खेल मैदानमा पुगेर खेलको उद्घाटन हुनेछ । खेलको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताका लागि आवश्यक सामाग्री आइसकेको, खेलका लागि हल तयार भइसकेको र बाहिर स्वागत गेट तथा विभिन्न सजावट गरिएको छ ।

बागलुङमा आयोजना गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आइटिएफ तेक्वान्दो विधामा सात प्रदेश र तीन विभागीय समूहका २५० खेलाडीबीच प्रतिस्प्रधा हुनेछ । आज उद्घाटन सहित प्याटन र स्पाईरिङका केही विधासमेत सञ्चालनमा आउनेछ । प्रतियोगिताका लागि बागलुङ स्थित बाङ्गेचौर खेलमैदान सहित रहेको कर्वड हल मर्मत गरिएको र बाहिरको प्राङ्गणाई सुधार गरिएकोे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

असोज २९ गतेदेखि बागलुङ बजारमा संचालन हुने नवौंं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ७ प्रदेश, तीन बिभागीय गरी १० टीमका २५० खेलाडी, ४५ रेफ्री तथा करिब ५० जना टिम कोच र अफिसिएल तथा म्यानेजर सहभागी हुनेछन् । बागलुङमा पहिलो पटक आयोजना हुन लागेको सो प्रतियोगितामा खेलाडीहरूले ४५ स्वर्ण ४५ रजत र ३० काश्य गरी कूल १२० पदकका लागि प्रतिस्प्रधा गर्ने जिल्ला खेलकुद विकास समिति बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *