गलकोटमा जिल्लाकै ठूलो बाख्रा फर्म सञ्चालन


आदर्श अनलाइन, बागलुङ

बागलुङको गलकोटमा सञ्चालित सहारा बाख्रा फर्म जिल्लाकै ठूलो बाख्रा फर्म हो । १० वटा बाख्राबाट शुरु गरेको फर्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी रहेका छन् । लगानी जुटाउनका लागि कोरिया जानुभएका गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दाजुभाइले कोरियाबाट फर्केर जिल्लाकै ठूलो बाख्रा फर्म सञ्चालनमा ल्याउनुभएको छ । दाजुभाईले सञ्चालनमा ल्याएको वृहत्त बाख्रा फर्ममा यो सिजनमै ५० वटा खसीबोका विक्रिका लागि तयार भएका छन् । गलकोट नगरपालिका–१ दुदिलाभाटीका दुई दाजुभाई गम बहादुर कुँवर र विष्णु कुँवरले स्थापना गरेको सहरा वाख्रा फर्ममा यो वर्ष मात्रै एक करोड बराबरको खसी बोका विक्रि गर्ने लक्ष्य रहेको छ ।

२०७४ सालमा स्थापना गरिएको वाख्रा फर्म जिल्लाकै ठूलो र नमूना बाख्रा फर्म हो । वाख्रा फर्ममा अहिले १६० वटा माउ वाख्रा रहेका छन् भने ५८ वटा बाख्रा व्याउने अवस्थाका रहेका छन् । फर्ममा अहिले ३०० बाख्रा, बोका, तथा पाठापाठी रहेको फर्मका सञ्चालक गम बहादुर कुँवरले जानकारी दिनुभयो ।

१० वर्ष अघि कोरिया जानुभएका कुँवर दाजुभाईले कोरियाबाट फर्केपछि वृहत लगानीमा वाख्रा फर्म सञ्चालन गर्दै आउनुभएको छ । कोरिया पाँच वर्ष बस्नुभउका दाजुभाईले कोरियाको आम्दानी बाख्रा पालनमा लगानी गर्नुभएको हो ।

“एउटा बोकोलाई सरदरमा २५ हजार पर्ला, बोयर तथा खरी प्रजातीको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातीका बोकाको मासुको माग उच्च छ, अहिले ५० वटा बोका विक्रिका लागि तयार भएको छ” गम बहादुर कुँवरले भन्नुभयो “दशंै हितार सम्म १२ लाखका बोका विक्रि गर्ने हो, गत आर्थिक वर्षमा रु. ५० लाखको बोका काख्रा विक्रि गरेका थियो यस पटक बोका बाख्रामा उल्लेख्य वृद्धि भएकाले रु. उक कारेड सम्मको आम्दानी गर्ने लक्ष्य छ ।”

फर्ममा हाल सम्म दुई दाजुभाईको रु. पाँच करोड लगानी भइसकेको छ । फर्म ६ रोपनी जग्गामा फैलिएको छ भने ३०० रोपनी आफ्नै जग्गामा घाँस खेति छ भने भाडाको दुई हजार रोपनी जग्गामा घाँस रहेको छ । पाँच सय बाख्रा अटाउने आधुनिक खोर निर्माण गर्नुभएका कुँवर दाजु भाइले यो वर्ष मात्रै बोका, बाख्रा र पाठापाठी विक्रिबाट एक करोड आम्दानी गर्ने लक्ष्य लिनुभएको छ ।

“भएको आम्दानी जति सबै फर्ममै लगानी भएको छ, गत वर्ष ५० लाखको बाख्रा, बोका तथा पाठापाठी विक्रि गरेका थियौ, अहिले बाख्रा उत्पादनमा निकै वृद्धि छ, यो वर्ष एक करोडका बोका, बाख्रा विक्रि गर्ने लक्ष्य छ” कुँवरका कान्छा भाई विष्णु कुँवरले भन्नुभयो “बाख्रा फर्म स्थापनाका लागि माउ बाख्रा र बोयर जातका बोका र पाठापाठी विक्रि हुँने गरेको र अन्य बोका मासुका लागि विक्रि भइरहेको छ, बाँकी रहेका बोका गलकोट बजारमा आफ्नै मासु पसलबाट विक्रि गर्दै आएका छौं ।”

उहाँहरुले बाख्रा पालनका लागि ३०० रोपनी जग्गा खरिद गर्नुभएको छ भने तीन हजार रोपनी जग्गा भाडामा ल्याएर घाँस खेती गर्नुभएको छ ।

साहरा बाख्रा फर्ममा नेपाल सरकारले व्याज अनुदान कार्यक्रम फर्मत रु. ५० लाख ऋण जम्मा तीन प्रतिशत व्याजमा उपलव्ध गराएको छ । व्याज अनुदानमा पाएको ऋणले आफ्नो फर्म ठूलो फड्को मार्न पाएको कुँवर दाजुभाईको भनाई छ । “५० लाख ऋण जम्मा तीन प्रतिशमा व्याजमा पाइएको छ, यसबाट पाइएको व्याज अनुदनाले बाख्राको दाना खरिदलाई पुग्छ” विष्णु कुँवरले भन्नुभयो “व्याज अनुदान कार्यक्रमले हाम्रो फर्मलाई निकै परिवर्तन बनायो, सय वटा बोका बाख्रा भएको फर्मलाई ३०० पु¥याउन सहयोग भयो ।”

२०७४ सालमा १० बाख्राबाट शुरु गरेको फर्ममा अहिले ३०० बोका, बाख्रा र पाठापाठी छन् । वाख्रा फर्ममा अहिले ५८ वटा बाख्रा व्याउने अवस्थामा रहेकाले बाख्राको संख्यामा वृद्धि भएर ४०० पुग्ने कुँवर दाजुभाईको भनाई छ । फर्मका सञ्चालक विष्णु कुँवरले बोकाका लागि बजारको अभाव नभएको बताउदै बाख्रा फर्मबाट आएको नाफाले घाँस बोक्नका लागि जीप समेत खरिद गरेको बताउनुभयो ।
फर्ममा जेठो दाजु गम बहादुर कुँवर, उहाँकी श्रीमती निरु कुँवर, कान्छो भाई विष्णु कुँवर तथा उहाँकी श्रीमती हुँमा कुँवर बाहेक ८ जनाले नियमिति काम गर्दै आउनुभएको छ । कुँवर दाजुभाईको फर्मले ८ जनालई प्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

पाँच सय भन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या भएको कुँवर दाजुभाईको अनुभाव रहेको छ । ४२ वर्षीय गम बहादुर कुँवरले सञ्चालन गर्नुभएको फर्ममा भाई विष्णु कुँवरले साथ दिनुभएको हो । गम बहादुरले कृषि विषय अध्ययन गरेपनी रोजगारीले चित्त नबुझेपछि कोरिया गएको बताउदै कोरियाको कमाईले बाख्रा फर्ममा लगानी गरेको र पछि फर्मको नाफा समेत फर्ममै लगाउदा लगानी धेरै भएको बताउनुभयो । बाख्रापालनका लागि व्यवसायीक घाँस खेती समेत गर्दे आउनुभएको कुँवर दाजुभाईले आफ्नो फर्म पहाडी जिल्लाको वृहत्तर फर्म मध्येको एक रहेको दाबी गर्नुभयो ।

यो पनि पढ्नुहोस्