धम्जामा भिडियो एक्सरे सेवा


आदर्श अनलाइन, बागलुङ

यहाँका दुर्गम गाउँबाटै भिडियो एक्सरे सेवा दिन थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई हालै भिडियो एक्सले मेशिन सहयोग प्राप्त भएपछि यहाँका गर्भवती महिलाको परिक्षणमा सहयोग पुगेको हो ।

लायन्स क्लव अफ स्वीन्डोन चौतारी युके तथा युकेमा बस्ने विभिन्न नेपालीहरुद्वारा संकलित सहयोगले युकेमै खरिद गरिएको अल्ट्रासाउण्ड मेसिन(भिडियो एक्सरे) धम्जा सामुदायिक स्वास्थ्य इकाईलाई सहयोग गरिएको हो ।

गाउँमै गर्भवती महिलाको स्वास्थ्य परिक्षणका लागि निकै उपयोगि मानिएको भिडियो एक्सले मेशिन देवेन्द्र श्रेष्ठ पाला हाल युके, बिनु श्रीस पुन ओख्ले हाल युके, विष्णुमाया पुन छन्त्याल ओख्ले हाल युके, पूर्णकली छन्त्याल साँयकटेरा हाल युके र स्वेता श्रेष्ठ पाला हाल युकेको सहयोगमा धम्जा सामुदायिक स्वास्थ्य एकाईलाई सहयोग प्राप्त भएको धम्जा सामुदायिक स्वास्थ्य एकाईका अनमी कृष्णमाया पुनले जानकारी दिनुभयो ।

दुर्गम गाउँमा भिडियो एक्सरे सेवाले यहाँका महिलाहरु भिडियो एक्सरे गर्नका लागि बागलुङ बजार आउनपर्ने समस्याको अन्त्य गर्नका लागि भिडियो एक्सरे मेशिन सहयोग गरिएको सहयोगकर्ता देवेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

भिडियो एक्सरे सञ्चालनका लागि काठेखोला गाउँपालिकामा एक जना जनशक्तिको माग गरिएको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुल बहादुर बिकले जानकारी दिनुभयो । “यहाँका जनताको माग अनुसार अत्यन्त आवश्यक उपकरण पप्त भएको छ, यसको सञ्चालनका लागि जनशक्तिको व्यवस्थापनका लागि पालिका संग कुरा भइरहेको छ” अध्यक्ष बिकले भन्नुभयो “यहाँका गर्भवती महिलाहरु भिडियो एक्सले गर्नकै लागि बागलुङ बजार पुग्नु पर्ने अवस्था टरेको छ ।”

धम्जा सामुदायिक स्वास्थ्य एकाईका अनमी कृष्णमाया पुनले भिडियो एक्सरेका लागि तालिम पप्त गर्नुभएकाले हाललाई भिडियो एक्सरे सेवा शुरु गरेपनि पुन संगै एक कार्यालय सहयोगीको भरमा चलेको इकाइलाई जनशक्तिको भने अभाव रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *