दुर्गम गाउँमा निःशुल्क आँखा शिविर

डम्मर बुढा मगर
बागलुङ
बागलुङको ताराखोला गाउँपालिकामा भएको निःशुल्क आँखा शिविरबाट १२५ जना लाभाम्वित भएका छन् । ताराखोला गाउँपालिकाको आयोजना, धौलागिरी आँखा अस्पताल बागलुङ र नेत्र ज्योति संघ बागलुङको प्राबिधिक सहयोगमा कार्तिक २ र ३ गते भएको शिविरबाट गाउँपालिका पाँच वटै वटाका आँखाका बिरामीहरुले सेवा लिएका हुन् ।

विशिरमा १५ जनाको मोतियाबिन्दुको शल्यक्रिया, ५० जनालाई चस्मा विवतरण र ६० जनालाई औषधी वितरण गरिएको ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापाले जानकारी दिए । उनका अनुसार १५ जना वृद्धवृद्धाको हरिचौर स्वास्थ्य संस्थामा शल्यक्रिया भइरहेको छ ।

उनीहरुको शल्यक्रिया ४ गतेसम्म हुने थापाको भनाई छ । गाउँपालिकाले वडा नम्बर ३ को हिल स्वास्थ्य चौकी र वडा नम्बर ५ को ताराखोला स्वास्थ्य चौकीमा शिविर संचालन गरेको थियो । शल्यक्रियाका लागि यहाँ उपकरण नभएको कारण बिरामीलाई गलकोट नगरपालिकाको हरिचौर स्वास्थ्य चौकीमा ल्याइएको बताए ।

“खासगरी गाउँपालिका भरीका सबै आँखा बिरामीलाई लक्षित गरि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हौँ, धरैेको आँखामा समस्या देखिएन, वृद्धवृद्धा बाबाआमाको आँखामा मोतियाबिन्दुको समस्या देखियो, उहाँहरुलाई यहाँ शल्यक्रिया गर्ने उपकरण नभएको हुँदा हरिचौर स्वास्थ्य चौकीमा पठाएका छौँ,” स्वास्थ्य शाखा संयोजक थापाले भने “केहीलाई यही चस्मा वितरण ग¥यौँ, केहीलाई औषधी दिएर पठाएका छौँ ।”

आँखाको उपचारका नजिक अस्पताल नहुँदा स्थानीयलाई बागलुङ पोखरा जानु पर्ने बाध्यता रहेको हुँदा गाउँपालिकाले गाउँमै निःशुल्क आँखा शिविर गरेको उनको भनाई छ । गाउँपालिकाले यस्ता खालका शिविरहरु समय–समयमा गरि राख्ने थापाले बताए । उनी भन्छन्–“आँखा उपचारका लागि यहाँ नजिकमा अस्पतालहरु छैन, कि बागलुङनै जानु पर्छ, कि पोखरा काठमाडौँ, स्थानीयहरुलाई सहज रुपमा सेवा दिनका लागि गाउँमै शिविर संचालन गरेका हौँ, समय–समयमा यस्ता खालका शिविरहरु भइरहन्छ ।”

डाक्टर बिनम लामिछानेको नेतृत्वको टोलीले बिरामीको आँखा चेक जाँच तथा उपचार गरेको उनको भनाई छ । ४ गतेसम्म शल्यक्रिया गरेका बिरामीहरु डाक्टरकै निगरानीमा रहने गाउँपालिकाले जनाएको छ ।

आँखा शिविरबाट सेवा लिएपछि स्थानीय ६५ वर्षीय खड्कबहादुर रोका खुसी हुनु भएको छ । उहाँले आफ्नो आँखामा मोतियाबिन्दु भएर दुई वर्षदेखि आँखा स्पष्ट रुपमा देख्न नसकेको भन्दै शल्यक्रियापछि छर्लङ्ग देख्ने विश्वास गरे ।

रोकाले भन्छन्–“गाउँमै डाक्टर सापहरु आउनुभयो, मेरो आँखा चेकजाँच गरेर अप्रेशन गर्न पर्छभन्नुभयो, अप्रेशन गरेपछि आँखा छर्लङ्ग देख्न सक्छुरे, म त निकै खुसी भएँ, यहि उपचार गर्न पोखरा काठमाडौँ जानु पथ्र्यो, अहिले गाउँमै हुन्छ भन्नुहुन्छ, होला भन्ने लागेको छ ।”

अर्का स्थानीय ६० वर्षीया पबि रोका पनि गाउँमै आँखाको उपचार गर्न पाँदा खुसी हुनु भएको छ । डेढ वर्षदेखि मोतियाबिन्दु भएर आँखा कम देख्ने बताउनुहुने रोकाले दुई दिनपछि राम्रोसँग आँखा देख्न पाउने भएपछि खुसी भइन् ।

“डाक्टर बाबुले दुई दिनपछि राम्रोसँग आँखा देख्न सक्नुहुन्छ आमा भन्नु भएको छ, देखिएला पक्कै, गाउँमा यस्तो राम्रो उपचार हुन थाल्यो, हाम्रो सरकारले राम्रो काम गर्नुभयो, गरिब दुःखीलाई धेरै सुविधा भयो” उनले भनिन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *