एमाले बागलुङद्वारा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले आसन्न निर्वाचनका लागि चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । मंगलवार नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटि बागलुङले बागलुङ बजारको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

एमाले पोलिटव्युरो सदस्य मनकुमारी केसी, केन्द्रीय सदस्यहरु इन्द्रलाल सापकोटा, केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा उम्मेदवार डा.सूर्य पाठक, कृष्ण केसी, पूर्व नगरप्रमुख जनकराज पौडेल लगायतले संयुक्त रुपमा उक्त प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।

प्रतिवद्धतापत्रमा एमालेले सुरक्षा र सम्मानको प्रत्याभूति, उद्यमशिलताको ग्यारेन्टी, सबैको हातमा लालपुर्जा, सहुलियत दरमा कर्जा, किसानलाई पेन्सन, बिउदेखी ढुवानीसम्म अनुदान, मेडइन बागलुङको ब्राण्डीङ र बजारीकरण, उत्पादनमा सहजीकरण भन्ने नारा तय गरेको छ ।

एमालेले वृद्धभत्ताको निरन्तरता, घरघरमै स्वास्थ्य सेवा र बिशेष भत्ता, व्यावसायिक सुरक्षा संचालन र कर प्रणालीमा सरलता, निशुल्क इन्टरनेट र गुणस्तरीय शिक्षाको सुनिश्चितता, रोजगारी र स्वउद्यमको प्रत्याभूति प्रविधिमैत्री जिल्लाको अनुभूत तथा जहाँ बिभेद उत्पीडन र बिपत्ती त्यहाँ नेकपा एमालेको उपस्थिति भन्ने नाराहरु समेटेको प्रतिवद्धता सार्वजनिक भएको हो । यस्तै एक वडा एक सहकारी, घर घरमा रोजगारी भन्ने नारा समेत सार्वजनिक गरेको छ ।

प्रतिबद्धतापत्रमा उत्तरगंगा जलासय युक्त जलविद्युत आयोजना निर्माणमा पहल गर्ने, खानीकोहरुको उत्खनन् गर्न अध्ययन गर्ने, ढोरपाटनको एकिकृत विकास गर्ने, एक गाउँपालिका एक दमकल, राष्ट्रिय राजमार्गहरु स्तरीय बनाउने, गाउँगाउँमा जाने सडकहरु ग्राभेल गर्ने लगायतका प्रतिवद्धता छन् । मध्यपहाडी लोकमार्गको कालोपत्रे गर्न दबाव दिने, गलकोट नगरअस्पताललाई ५० शैयाको बनाइने, एक घर एकरोजगार कार्यक्रम ल्याउने र पर्यटकीय पदमार्ग निर्माण गर्ने लगायतका प्रतिबद्धताहरु रहेका छन् ।

पत्रकारको प्रश्नमा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले समग्र जिल्लाको विकासको खाका प्रतिबद्धतापत्रमा उल्लेख गरिएको बताउनुभयो ।

कार्यक्रममा पोलिटव्युरो सदस्य मनकुमारी केसीले नागरिकलाई सुखि र समृद्ध बनाउन आफ्नो पार्टी मात्रै सक्षम भएको भन्दै फेरीपनि राष्ट्रियता जोगाउन एमाले आवश्यक रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *