आचारसंहिता मिचेर गाउँपालिका अध्यक्षले गरे सवारी दुरुपयोग

आदर्श अनलाइन, बागलुङ
बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले निर्वाचन आचार संहिता उलंघन गर्दै सरकारी सवारी साधनको दुरुपयोग गरेका छन् । थापाले काठेखोला गाउँपालिकाको नाममा रहेको ध१झ १५ नम्बरको सेतो प्लेट रहेको सवारी साधन निर्वाचन प्रचारमा प्रयोग गरेका हुन् ।

सोमबार काठेखोला गाउँपालिका–१ पालामा थापा चुनावी प्रचारका लागि सोही गाडी चडेर पुगेका थिए । आफ्नै स्थान्रीय तहमा जनप्रतिनिधिले मत माग्न नपाईने र कुनै दल वा उमेद्वारका लागि मत माग्न जाँदा सरकारी सवारी साधनको प्रयोग गर्न नपाईने निर्वाचन आचार संहितामा उल्लेख छ ।

थापा आफ्नै गाउँपालिका भित्र सत्ता गठबन्धनका उमेद्वार चित्र बहादुर केसी र दिपेन्द्र थापालाई सँगै लिएर मत माग्न पुगेका हुन । चुनावी अभियानमा सहभागि नेता कार्यकर्ता सहित घरदैलोमा पुगेका थापाले आँफु चुनाव प्रचारको लागि नभई पालिकाको कामले त्यहाँ पुगेको दावी गर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *