बेलढुुंगाबाट एमाले उमेदवारहरुको प्रतिवद्धता : समृद्धिका लागि पर्यटन प्रवर्धनमा जोड दिन्छौ

आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेका उमेदवारहरु डा.सूर्य पाठक र हिरा बहादुर केसीले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धनमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । काठेखोला गाउँपालिका वडा नंंं.३ धम्जास्थित पर्यटकीय स्थल बेलढुंगाबाट प्रतिनिधिसभाका उमेदवार पाठक र प्रदेशसभाका उमेदवार केसीले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

चुनावी अभियानका क्रममा आइतवार धम्जा पुगेका उमेदवारद्वयले पर्यटकीय स्थल बेलढुंगामा पुगेर देशको समृद्धिका लागि पर्यटनको विकास आवश्यक रहेको बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि आफुहरुले योजनावद्ध रुपमा काम गर्ने उहाँहरुको प्रतिवद्धता छ ।

No description available.

नेपाल पर्यटनको प्रशस्त संभावना भएको देश हो, बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्थानीय तह र वडा कार्यालयहरुसंग समन्वय गरेर काम गर्ने उहाँहरुको भनाइ छ ।

२६०० मिटर उचाईमा रहेको बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । बेलढुंगाबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे, मानापाथी लगायत दर्जनौ हिम श्रृखलाहरु देख्न सकिन्छ । एमाले उमेदवारहरु सहितको टोलीले आइतवार बेलढुंगाको अवलोकन गरेको थियो ।

बेलढुंगा सामुदायिक होमस्टे र स्थानीय वासिन्दाको व्यवस्थापनमा पर्यटनको केन्द्र बन्दै गैरहेको बेलढुंगाको थप विकासका लागि आफुहरुले सहयोग गर्ने प्रतिवद्धता पनि उमेदवारद्वयले बताउनु भएको छ ।

एमाले उमेदवारहरु सहितको टोलीले आइतवार धम्जाका द्वार, माझकटेरा, सायकोट, ओखले, असोज, देउराली, धम्जा लगायत स्थानमा भेटघाट सहित घरदैलो गरेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *