केपी ओलीको सरकार आए संविधान मासिन्छ, राजतन्त्र आउँछ : केसी


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने बताउनुभएको छ ।

अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै गठबन्धको प्रमुख सुत्रधार आफु रहेको बताउनुभएको छ ।

बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यको गठबन्धको तर्फबाट उम्मेदवारसमेत रहनुभएका नेता केसीले मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने बताउनुभयो । आज बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले मंसिर ४ गतेको निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्प्रधा हुने बताउँदै प्रतिगमन ढलेर जाने बताउनुभएको छ ।

“केपी ओलीले प्रतिगमन गरेर संसद भंग गरेपछि मनै प्रतिगमनका विरुद्धमा लागे, त्यसैले गठबन्धन बनाउनै अग्रसर भएको थिए” नेता केसीले भन्नुभयो “अहिलेको हाम्रो लडाई प्रतिगमन र अग्रमनबीच छ, मंसिर चार गते प्रतिगमनलाई ढलाईन्छ, केपी ओलीको नेतृत्वमा सरकार आए संविधान मासिन्छ, राजतन्त्र आउछ ।”

उहाँले आफूले प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको भन्दै आफूले सहजै ढंगले चुनाव जित्ने बताउनुभयो । नेता केसीले राजतन्त्र फर्काउनेसंग ओलीले गठबन्ध गरेकाले ओली नेतृतवको सरकार आउने भनेको राजतन्त्र ल्याउन सघाउनु भएको बताउनुभयो ।

नेता केसीले संसदमा नीति बनाउन जाने भएपनि नागरिकलाई विकास संग जोड्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले जनताहरु विकासको पर्खाइमा रहेको आफूले महशुस गरेको भन्दै राष्ट्रिय योजनालाई पुरा गर्न आफूले पहल गर्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *