भूकम्पमा परेर ६ जनाको मृत्यु, पाँच घाइते

आदर्श अनलाइन, काठमाडौं
डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ । मंगलबार राति गएको भूकम्पले अन्य पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् ।

भूकम्पमा परेर स्थानीय ५० वर्षीय प्रेम बोहरा, ४० वर्षीया भगवती बोहरा, १३ वर्षीया सीता बोहरा, आठ वर्षीय हर्क बोहरा र १४–१४ वर्षीया धनसरी र तुल्सी बोहोराको मृत्यु भएको इलाका प्रहरी कार्यालय सानागाउँका प्रहरी सहायक निरीक्षक नयनसिंह भाटले जानकारी दिए।

भूकम्पमा परेर अन्य पाँच जना घाइते भएका छन् । उक्त गाउँका आठ वटा घर भूकम्पले पूर्ण रुपमा भत्काएको छ । बुधबार बिहानको राति २ बजेर १२ मिनेटमा डोटी केन्द्र भएर ६ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

मंगलबार राति ९ बजेर सात मिनेटमा डोटी नै केन्द्र भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबारे अन्य विवरण भने आइसकेको छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *