गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको हो–खड्का

आदर्श अनलाइन, बागलुङ
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चम्पा देवी खड्काले गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका लागि बनेको बताउनु भएको छ । बुधबार बागलुङमा आयोजित गठबन्धनको घरदैलो कार्यक्रम तथा कोण सभालाई सम्बोधन गर्दै खड्काले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि सफल हुने दाबी गर्नुभयो ।

उहाँले अघिल्लो पटक जनताले केपी ओलीलाई बहुमत दिए पनि जनमतको कदर गर्न नसकेको भन्दै यसपाली गठबन्धनको जित निश्चित रहेको बताउनुभयो । पूर्व राज्यमन्त्रीसमेत रहनु भएकी खड्काले गठबन्धनका उम्मेदवार केन्द्र र प्रदेशमा राम्रो प्रभाव राख्न सक्ने भएको हुँदा उनीहरुले बागलुङमा अधिकतम बजेट ल्याउन र विकास गर्न सक्ने बताउनुभयो ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले गठबन्धनका कारण चुनाव शान्तिपूर्ण र भयरहित भएको बताउनुभयो । उहाँले पहिले–पहिले झडप हुने ठाउँमा पनि अहिले शान्तिपूर्ण रुपमा चुनाव भएको भन्दै गठबन्धनले आपसी सद्भाव र भवनात्मक सम्बन्ध बढाएको बताउनुभयो । शर्माले गठबन्धनले बाहेक मुलुकको विकास अन्य पार्टीले गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा, बागलुङ क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी लगायतले गठबन्धनका उम्मेदवारको जित अपरिहार्य रहेको बताएका थिए ।

कार्यक्रम नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (क) का सभापति हरिबहादुर जिसीको अध्यक्षता, माओवादी केन्द्रका रतन मलेपतीको स्वागत र राष्ट्रिय जनमोर्चा बागलुङ नगर अध्यक्ष थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो । गठबन्धनका उम्मेदवाहरु बुधबारदेखि बागलुङ बजारमा घरदैलो गर्न सुरु गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *