निर्वाचनपछि प्रदेश र केन्द्रमा गठबन्धनको सरकार बन्छ–मन्त्री पौडेल

आदर्श अनलाइन, बागलुङ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनु भएको छ । बिहीबार बागलुङको तमानखोलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले लोकतन्त्रको र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

पौडेलले केपी शर्मा ओलीले अदातलको निर्णयलाई अवहेलना गरेको आरोपसमेत लगाउनु भयो । अदातलको निर्णयलाई परमादेशको सरकार भनेर अवहेलना गरेको उहाँको भनाई छ । प्रतिगामीहरुले देशलाई अधोगति तर्फ धकेलि रहेको भन्दै समावेशी समानुपातिक पहुँच र प्रतिनिधित्व प्रणाली ल्याउन शहिदहरुको बलिदान रहेको हुँदा यसको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताउनुभयो ।

पाँच दलीय गठबन्धनका तर्फबाट बागलुङ–२ का उम्मेदवारसमेत रहनु भएका पौडेलले बागलुङकै नागरिकलाई झापाका ओलीले पाहुना भन्न नमिल्ने बताउनुभयो । केही दिन अघि नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्न बुर्तिबाङ आउनु भएका ओली मन्त्री पौडेललाई टुरिष्ट उम्मेदवारलाई बिदाई गर्नु भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

पौडेलले आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो–“हाम्रो जित भइसक्यो, अब घोषणा गर्न मात्रै बाँकी हो, गठबन्धनलाई भत्काउन प्रतिगामीहरु अग्रसर भइरहेका छन्, लोकतन्त्रको र संविधानको रक्षाका लागि गठबन्धन बनेको हो, चुनावपछि हाम्रै सरकार बन्छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *