बागलुङ– २ (ख) : एकै वडाका दुई प्रतिस्पर्धी, कसले मार्ला बाजी ?

डम्मर बुढा मगर, बागलुङ
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन आउन अब तीन दिन मात्रै बाँकी छ । मतदान गर्ने दिन नजिकै आएसँगै छ बागलुङ–२ (२) मा राजनीतिक दलका नेताहरु मतदाता रिझाउने र मत आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यस क्षेत्रलाई बागलुङमा सबैभन्दा बढी चासोका रुपमा लिइएको छ । नेपाली कांग्रेसका दोर्ण कुमार कुँवर र नेकपा एमालेका लक्ष्मणको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश सभाका लागि दुई उम्मेदवार नयाँ भएको हुँदा कसले जित हासिँल गर्छ भन्ने जोड घटाउ चलि रहेको छ । कुँवरको चुनावी अनुव यो पहिलो पटक हो भने पुन ढोरपाटन नगरपालिका–५ मा २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । कुँवर पाँच दलिय गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ भने पुनलाई एमाले, राष्ट्रिय जनमोर्चाको विद्रोह समुह र राष्ट्रिय प्रजातन्त्र पार्टीले सघाएको छ ।

अझ रोचक त के भने, कुँवर र पुन एउटै वडाका हुनुहुन्छ । उहाँहरु दुबै जना ढोरपाटन नगरपालिका–५ का स्थानीय हुनुहुन्छ । यस क्षेत्रमा नेपाली कांग्रेस र माओवादी केन्द्रको जनमत राम्रो मानिदै आएको छ । पछिल्लो समय एमालेको संगठन पनि बलियो हुँदै गएको हुँदा यो चुनाव निकै प्रतिस्पर्धात्म हुन सक्ने धेरैको आँकलन छ । निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्ने क्षेत्रमा २१ वडा पर्छन् ।

स्थानीय तहको निर्वाचनमा ढोरपाटन नगरपालिकाको प्रमुख र छ वडा मात्रै एमालेले जितेको छ भने गठबन्धनले १५ वडा जितेको छ । स्थानीय तहको मत परिणामलाई हेदा गठबन्धन सात हजार २२४ मतान्तरले अगाडि देखिन्छ । त्य परिणाम अनुसार गठबन्धनले १५ हजार ६५६ मत पाएको थियो भने एमालेले आठ हजार ४३२ मत ल्याएको थियो ।

यस क्षेत्रमा अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी हुनुभएको थियो । घर्तीले कांग्रेसका जितबहादुर शेरचनलाई तीन हजार २६० मतान्तरले पराजित गर्नु भएको थियो । घर्तीले ११ हजार ८८४ मत प्राप्त गरी विजय हुँदा शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नु भएको थियो । घर्तीलाई नेकपा एमाले र माओवादी केन्द्रले सघाएको थियो ।

घर्ती निर्वाचित भएको केही समयमा असमाहिक निधन भएको थियो । त्यसपछि यस क्षेत्रमा उप निर्वाचन भएको थियो । उपनिर्वाचनमा पनि कांग्रेसका शेरचनलाई पराजित गर्दै राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनु भएको थियो । शाहीले शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नु भएको थियो । शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत पाउनु भएको थियो ।

कुँवर र पुनसहित यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका गंगा बहादुर घर्ती, मंगोल नेशनल अर्गनाईजेशनका तारा बहादुर घर्ती मगर, नेपाल दलित पार्टीका टेक प्रसाद कार्मी, स्वतन्त्र नर बहादुर गुरुङ र दुर्गादेवी घर्ती मगर गरि सात जना चुनावमा होमिनु भएको छ । यस क्षेत्रमा २६ मतदान स्थल र ५३ मतदान केन्द्र रहेका छन् । यहाँ ४१ हजार २२७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *