एमाले उम्मेदवार पक्राउ प्रकरण : निर्वाचन अनुगमन समितिले छानबिन गर्ने

आदर्श अनलाइन, काठमाडौँ
मौन अवधिमा मतदातालाई पैसा बाडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ परेको घटनालाई जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ । उक्त घटनाको छानबिनका लागि निर्वाचन अनुगमन समितिलाई बोलाएको प्रहरीले जनाएको हो ।

मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।उनीहरूलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ ।

उनीहरू पक्राउ परेपछि अन्य दलका कार्यकर्ताहरुले उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै प्रदर्शन समेत गरेका थिए । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *