मतपत्र च्यातिएपछि सर्कुवामा मतदान स्थगित


आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

बिहान ७ बजे शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउ“सो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताउनुभयो ।

उहा“ले हस्ताक्षरविना मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको बताउनुभयो ।

“अहिले मतदान स्थगित भएको छ, मतदानस्थल प्रहरीको नियन्त्रणमा छ, हामी पनि मतदानस्थल भित्रै छौं” उहा“ले भन्नुभयो “मत च्यात्नेहरू मतदानस्थल बाहिर छन् ।” मतपत्र च्यात्ने कुन पार्टी र समूहको हो भन्ने थाहा नभएको मतदान अधिकृत ढकालले बताउनुभयो ।

मतदान अधिकृत ढकालले कति मतपत्र च्यातिएको भन्ने एकीन हुन नसकेको बताउनुभयो । उहा“ले मतपत्र च्यातिएपछि होहल्ला हु“दा केही मत मतपेटिकामा पानी हालेको हुन सक्ने आशंका गरिएको छ ।

मतदान अधिकृत ढकालले हल्ला भएजस्तो हस्ताक्षर विनाको मतपत्र नरहेको बताउ“दै पुनः मतदान सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारीमा रहेको बताउनुभयो ।

मतदान अधिकृत ढकालले मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसंग नियमित सम्पर्कमा रहेको र उहा“हरूको सल्लाह बमोजिमअगाडि बढ्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *