बागलुङ कारागारमा ९८ दशमलव ५ प्रतिशत मतदान


आदर्श अनलाइन, बागलुङ
अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९८ दशमलव ५ प्रतिशत मत खसेको छ । बागलुङ नगरपालिका–१ मा रहेको बागलुङ जिल्ला कारगारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा ६६ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेका छन् ।

कारागार प्रमुख तथा निर्वाचन अधिकारी दिल बहादुर केसीले ९८।५ प्रतिशत मत खसेको बताउनुभयो । उनले ६७ जना अस्थायी मतदाता मध्य ५१ जना कैदीबन्दी र १५ कर्माचारी अस्थायी मतदाता नामावलीमा नाम समावेश रहेको समेत गरी ६६ मत खसेको बताउनुभयो । उहाँले १ जना कैदीबन्दी जिल्ला बाहिर रहेकोले मतदान गर्न नआएको बताउनुभयो ।

बागलुङ जिल्ला कारागारमा हाल ११ महिलासहित १७२ जना कैदीबन्दी रहेका छन् । अन्य कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न पाएनन् ।

कारागारमा रहेका कैदीबन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो । कारागार प्रमुख तथा निर्वाचन अधिकारी केसीले १ जना मतदाता जिल्ला बाहिर रहेकोले मतहाल्न नआएको बताउनुभयो । उहाँले कारागारमा दलका प्रतिनिधिहरुको रोहवरमा मतदान कार्य सम्पन्न गरिएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *