बागलुङको मतगणना दिउँसोदेखि


आदर्श अनलाइन, बागलुङ

बागलुङका सबै मतदान स्थलको मतपेटिकाहरु मतगणनास्थलसम्म आइपुगेको छ ।
राती अबेरसम्म जिल्लाका सबै मतदानस्थलको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिनुभयो । भट्टका अनुसार आज दिउँसो ११ बजे मात्रै सर्वदलिय बैठक बोलाइएको बताउदै त्यस लगत्तै मतगणना थालिने बताउनुभयो ।

“राती अबेर मात्रै मतपेटिका ल्याइयो, सर्कुवाको मतदानस्थलमा केहीबेर मतदान स्थगित हुदा केही ढिला भएको छ भने केही विवाद सर्वदीलय बैठकबाट मिलाएपछि गणना शुरु हुन्छ” भट्टले भन्नुभयो “निर्वाचन निकै शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ, सबैको सहयोगको प्रशंसा गर्दछु ।” दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५३.५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा १ लाख २ हजार ९ सय ६३ मत खसेको थियो । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार स्थित जिल्ला समन्वय समितिको सभाहल र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङ स्थित नयाँ शहरी विकास आयोजनाको सभाहलमा हुने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *