बागलुङ–१ मा चित्रबहादुर केसीको अग्रता कायमै

डम्मर बुढा मगर, बागलुङ
बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निरन्तर अग्रता लिई राख्नु भएको छ । केसीले एमालेका डा. सूर्य पाठकलाई पछाडि पार्दै अग्रता दिलाइ राख्नु भएको हो । केसीले पाँच हजार ३५ मत प्राप्त गर्दा पाठकले चार हजार ३९० मत ल्याउनु भएको छ ।

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रहनु भएका केसीले सुरुवाति चरणदेखिनै अग्रता कायम राख्दै आउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले दुई हजार ६२९, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सापकोटाले २४५, कांग्रेस विपीका शिवलाल सापकोटाले १८ मत ल्याउनु भएको छ ।

बागलुङ–१ (१) मा एमालेका हिराबहादुर केसीले अग्रता लिनु भएको छ । केसीले कांग्र्रेसका दिपेन्द्र थापालाई १९ मतले पछि पार्दै केसीले अग्रता लिनु भएको छ । केसीले छ हजार ४८९ मत प्राप्त गर्नु भएको छ भने थापाले छ हजार ४७० मत ल्याउनु भएको छ ।

बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदीले झण्डै दोब्बर मतले अग्रता लिनु भएको छ । सुवेदीले आठ हजार ७६ मत प्राप्त गर्दा एमालेका नवराज पौडेलले चार हजार २३ मत ल्याउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *