बागलुङ–२ मा पौडेलको निरन्तर अग्रता

आदर्श अनलाइन, बुर्तिबाङ
बागलुङ–२ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले अग्रता कायम राख्नु भएको छ । पौडेलले नेकपा एमालेकी मञ्जु शर्मा चालिसेलाई २२६१ मतले पछि पार्दै अग्रता कायम राख्नु भएको हो ।

पौडेलले १३ हजार ४१३ मत प्राप्त गर्दा चालिसेले ११ हजार १५२ मत ल्याउनु भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पाटीले पनि अनपेक्षित मत प्राप्त गरेको छ । सो पार्टीकी उम्मेदवार तिला खत्रीले १२२२ मत ल्याउनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *