बागलुङका म्यादी प्रहरीको बिदाई

आदर्श अनलाइन, बागलुङ
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि छनौट गरिएका बागलुङका म्यादी प्रहरीको जिम्मेवारी सकिए पश्चात उनीहरु घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई बिहीबार एक कार्यक्रमका बिच बिदाई गरेको हो ।

प्रतिनिधि तथा प्रदेश निर्वाचनका लागि जिल्ला सुरक्षा समिति बागलुङले असोज २८ गते बागलुङमा ८८६ जना पुरुष र २ सय ५१ जना महिला गरी १ हजार १ सय ३७ जना म्यादी प्रहरी भर्र्ति गरेको थियो । बागलुङमा म्यादी प्रहरी अपुग भएपछि म्याग्दीबाट ३३ जना र पर्वतबाट ३० जना ल्याइएको थियो ।

बिदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जिल्लामा म्यादी प्रहरीको कारण सुरक्षा व्यवस्थापनमा समस्या सिर्जना तथा विवाद र गुनासो नभएकोे कुरा सकारात्मक रहेको बताउनुभयो । उहाँले निर्वाचनको सुरक्षा व्यवस्थापनमा म्यादी प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

जिल्ला प्रहरी बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवालीले ४० दिन राष्ट्रको सेवा गरे पनि त्यो सदैव राष्ट्रको सेवा नै भएको बताउँदै अब म्यादी प्रहरी नभइ प्रहरीको भूपु सदस्य रहेको अनुभूति गर्नुपर्ने बताउनुभयो । उहाँले म्यादी प्रहरीले चालिस दिन कार्य अवधिमा सिकेको ज्ञान, सिप अब समुदायको शान्ती, सुरक्षा कायम गर्नमा उपयोग गर्न आव्हान गर्नुभयो ।

म्यादी प्रहरीलाई प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले प्रशंसापत्र वितरण गरि विदाई गर्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँ घरमा हुने महिला हिंसा दुव्र्यवहार, चोरी लगायतका घटनाहरु अन्त्य गर्नको लागि प्रहरीको सहयोगीको भूमिका निर्वाह गर्न म्यादी प्रहरीलाई अनुरोध गर्नुभएको थियो ।

बिदाई कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक भुपेन गिरीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *